arrow

राप्रपा क्षेत्रीय सभापतिसहित एमाले र माओवादीका नेता–कार्यकर्ता काँग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
congress-entry3.jpg

ललितपुर । निर्वाचन नजिकिएसंगै नेपाली कांग्रेस ललितपुर क्षेत्र नं १ ले चुनाव प्रचारप्रसारलाई तीव्र पारेको छ। 

चुनाव प्रचारप्रसारको अभियानमा वाम गठबंधन र राप्रापा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको छ। 

यसै क्रममा राप्रपाका क्षेत्रिय सभापति प्रकाश खत्री राप्रपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। 

त्यस्तै राप्रपा महिला बिभागकी जिल्ला उपाध्यक्ष श्रीदेवी बस्नेत पनि कांग्रेसमा प्रवेश गरेकी छिन्। 

उनीसँगै एमाले र माओवादी केन्द्रबाट थुप्रै संख्यामा कांग्रेसमा प्रवेश गरेका छन्। 

गोदावरी नगरपालिका वडा नम्बर ६ टिकाभैरवमा आयोजित चुनावी घरदैलो कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रममा त्यस क्षेत्रका ४० भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन्। 

त्यस्तै गोदावरी नगरपालिका वडा नम्बर ११मा एमाले माओवादीका २५ युवा कार्यकर्ता काँग्रेसमा प्रवेश गरे। 

छुट्टाछुट्टै स्थानमा भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई अर्थराज्यमन्त्री ललितपुर क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार उदय शमशेर राणा, प्रदेश ख का उम्मेदवार मीनकृष्ण महर्जन, क्षेत्रीय सभापति राजन घिमिरेले अबिरको टिका र खादा लगाई स्वागत गरेका थिए। 

प्रवेशपछि कार्यक्रममा बोल्दै नवप्रवेशी प्रकाश खत्रीले प्रजातान्त्रिक विश्वास नारा बोकेको पार्टी नेपाली कांग्रेसमा आउन पाउँदा खुसी व्यक्त गरे। 

उनले एमालेले विभिन्न आश्वासन प्रलोभन लोभ देखाएर हामीलाई भड्काउने प्रयास गरेको भएपनि हामी विचलित नभएको प्रतिक्रिया दिए। 

प्रदेश सभा ख का उम्मेदवार मीनकृष्ण महर्जनले जिल्लाभरी नै कांग्रेसको लहर आएको भन्दै कांग्रेसको जीत रोक्ने तागत कसैसँग नभएको दाबी गरे। कार्यक्रमका प्रमुख अतिथि माननीय उदयशम्शेर राणाले जनताले शान्ति समृद्धि र विकास चाहेकाले कांग्रेसको जित सुनिश्चित भएको बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ