स्पष्ट एजेण्डा सहित रसुवामा आचार्यको प्रचार तीब्र, शिक्षकहरु पनि जागे
मत माग्दै गाउँ गाउँ
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
483
Shares
रसुवा । नेपालको उत्तरी हिमाली जिल्ला रसुवामा लोकतान्त्रिक उम्मेद्वारलाई विजयी गराउन शिक्षकहरूले विशेष भेला आयोजना गरेका छन् । आगामी मंसीर १० गते हुन लागेको प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जिताउन शिक्षकहरू लागेका हुन् ।
शिक्षकहरूले सोमबार आयोजना गरेको वृहद भेलामा समग्र रसुवाको विकासका लागि प्रतिनिधि सभाका उम्मेदवार विकासप्रेमी नेता इन्जिनियर मोहन आचार्यको खाँचो रहेको भन्दै आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई भोट दिन सबैलाई आग्रह समेत गरेका छन् । लोकतान्त्रिक गठबन्धनका तर्फ बाट प्रदेश (क)मा नेपाली काँग्रस का प्रभात तामाङ र प्रदेश (ख)मा नयाँ शक्ती पार्टी का प्रेम तामाङ उम्मेदवार छन् ।
पहिलो चरण मा निर्वाचन हुने हिमाली जिल्ला रसुवामा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार ईन्जिनियर मोहन आचार्य अहिले आम जनताको घर घर पुगेर रसुवा र रसुवाली नागरिकहरू को संबृद्धिका लागि भोट मागिरहेका छन् । विगत १० वर्षदेखि रसुवा र रसुवाली नागरिकहरूको संबृद्धिका लागि आफ्नो व्यक्तिगत लगानीमा स्कुल स्वास्थ्य चौकी क्लब बाटोघाटो निर्माण मा सकृय समाजसेवी मोहन आचार्य लाई उमेदवार का रूपमा पाएर रसुवावासीहरू हर्षित देखिन्छन्।
जनताको घरदैलोमा पुग्दा आचार्यलाई स्थानीयहरूले भब्य स्वागत गरेका छन् । रसुवामा भौतिक पूर्वाधारको विकास पर्यटन प्रवर्द्धन स्थानीय रोजगारी सडक मार्गको स्तरोन्नती रसुवागढी नाकाको व्यवस्थित सञ्चालन जिल्लामा निर्माण हुने हाईड्रोपावर निर्माणमा रसुवाली जनतालाई थप शेयरको व्यवस्था जस्ता मुद्दाहरूलाई आचार्यले अगाडि बढाएका छन् ।
राजनीतिक पारिवारिक पृष्ठभुमि भएका मोहन आचार्यका माहिला बुवा स्वर्गीय राम कृष्ण आचार्यकै पहलमा रसुवावासीहरूले पहिलो पटक विजुली पाएका थिए । रामकृष्ण आचार्यकै पहलमा रसुवा जिल्ला सडक सञ्जाल मार्फत राजधानीसँग जोडिनपुगेको थियो । रसुवाजिल्लाको विकासमा लामो समयदेखि सक्रिय रसुवालीका प्यारा समाजसेवी स्वर्गीय अन्नत प्रसाद आचार्यका कान्छा छोरा उम्मेदवार मोहन आचार्यले स्वर्गीय बाबु अन्नत प्रसाद आचार्यका नाममा जिल्लाका दुर्गम गाउँहरूमा स्कूल निर्माण गरेर बाबुको रसुवावासीलाई शिक्षित बनाउने सपना पुरा गर्न शुरू गरिसकेका छन् ।