दर्जनौं एमाले र माओवादीका कार्यकर्ता काँग्रेसमा प्रवेश
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
497
Shares
सुर्खेत । सुर्खेतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी दर्जनौं कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
मटेलामा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्यका लागि सुर्खेतको क्षेत्र नं १ का उम्मेदवार पूर्णबहादुर खड्काले उनीहरुलाई काँग्रेसका भित्र्याएका हुन् ।
उनीहरुले पार्टीले गलत बाटो लिएका कारण काँग्रेसमा छिर्नु परेको प्रतिक्रिया दिएका छन् ।
मटेलाको कार्यक्रम साविकको मटेला गािवसका काँग्रेस सभापति बिरबहादुर जिसीको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ का सभापति नारायण कोइराला, चिङ्गाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दलगायतले आगामी निर्वाचनमा विकासको निरन्तरता दिने पार्टी काँग्रेसलार्इ मतदान गर्न मतदातासंग अपील गरे ।