टोलैपछि कार्यकर्ता बढाउदै मिनेन्द्र रिजाल, दिन दिनै थप्दैछन् दर्जनौ हात
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
435
Shares
रंगेली । मोरङको क्षेत्र नं.२ अन्तर्गत रंगेली र सुनवर्षि नगरपालीकाबाट विभिन्न पार्टि परित्याग गरेर ३ सय ८५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सुनवर्षि नगरपालीका ४ टकुवा बस्ने राजपा नेपालको महिला मञ्चकी केन्द्रीय सदस्य एव मोरङ्ग जिल्ला अध्यक्ष आशा देवी बहरदार, राजकुमार भोला बहरदार सहित ३ दर्जन कार्यकर्ताहरु नेपाली काग्रेसमा प्रवेश गरेका छन् भने माओवादी केन्द्र परित्याग गरी अमरलाल बहरदार सहित २ दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई मोरङ्ग क्षेत्र नं.२ का प्रतिनिधीसभाका उम्मेदवार डा.मिनेन्द्र रिजाल, समानुपातिक उम्मेदवार गोपालमान सिंह राजभण्डारी, प्रदेश सभा (क) उम्मेदवार सुमन कुवर, जिल्ला सचिव मोदराज घिमिरे लगायतले अविरमाला गरेर स्वागत गरेका थिए ।
नेपाली कांग्रेस मोरङ क्षेत्र नं.२ ले चुनावी गतिविधीसंगै प्रचार प्रसारलाई तिब्रता दिई विभिन्न स्थानमा वडा कार्यालय स्थापना गरेको छ । सो क्रममा डा.रिजालले रंगेली नगरपालीका वार्ड नं.९ र ३ मा कार्यालयको समेत उद्घाटन गरेका थिए । वडा नं.३ को कार्यालय उद्घाटन अवसरमा राप्रपा नेपाल परित्याग लक्ष्मी प्रसाद फुयाल प्रवेश गरेका थिए भने दर्वेशा मंगलबारेमा समेत ५० जनालाई अविर र माला सहित पार्टी प्रवेश गरीएको थियो ।
त्यस्ते वडा नं.९ कार्यालय उद्घाटन गर्दे डा. रिजालले माओबादी केन्द्र र एमाले परित्या गरी आएका रंजित टुडु, ज्ञानु रिजाय, कुमार विश्वकर्मा लगायत २ सय कार्यकर्ताहरुलाई स्वागत गरेका थिए । सो क्रममा डा. रिजालले मोरङ्ग क्षेत्र नं.२ लाई राष्ट्रिय पहिचानको क्षेत्रको रुपमा विकाश गरी त्यहा रहेको रतुवा नदि, बक्राह नदीलाई नियन्त्रण गरी यस क्षेत्रका आम मानिसको जिवन स्तरमा सुधार पुग्ने कार्य थाल्ने बताए ।