जनताको मुखबाट राल चुहाएर कति दिन रमिता हेर्ने ?: खीलध्वज पन्थी
सुर्य खनाल,
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
362
Shares
गुल्मी । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ का प्रचार प्रसार समिति संयोजक नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले यो निर्वाचनको लडाई वास्तविक लोकतन्त्रबादी र अधिनायकवादी विचको लडाई भएको बताएका छन् । कार्यक्रता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम वि.पि. स्मृती भवन तम्घासमा बोल्दै पन्थीले कांग्रेसले जनताको अधिकारको संरक्षणका लागि , जनता र मुलुकलाई अधिनायकबादीहरुको पन्जाबाट फुस्काउनका लागि जसरी पनि चुनाव जित्नुको विकल्प नरहेको बताएका हुन् ।
यदि नेपाली कांग्रेसले यो पटक हार्यो भने यहाका जनताको अधिकारले हार्ने , जनताले पाउनु पर्ने विकासका पूर्वाआधारले हार्ने , मौलीक अधिकार माथी कुन्ठा हुने उच्च जोखिम हुने समेत बताए । नेपालका कम्युनिष्टहरु जनतको गरिबीमाथी राजनिती गर्न, अशिक्षामाथी राजनिति गर्नमा पल्केका छन् उदाहरुण दिदै भने 'नेकपा एमालेले जित्दै आएको साविकको ३ नम्बरलाई हेर्दा त्यहाँका जनताको विचल्ली हेर्दा आत्मगलानी भएर आउछ ।'
अव पनि फेरी त्यहाका जनतालाई अधिनायकको फन्दामा हालेर फेरी विसौं वर्ष पूर्वाधारबाट बन्चीत गराउन नहुने समेत बताए । उनले भने हामी कम्युनिष्टले जस्तो भ्रमको राजनीति गर्नु हुन्न । एउटा निर्वाचनमा विजुलीका तार ल्याइदीन्छु भन्ने ? अर्को निर्वाचनमा पोल ल्याईदिन्छु भन्ने ? अर्को निर्वाचनमा तार जोडिदीन्छु भन्ने ? यसरि कति दीन जनताको मुखबाट प्रलोभनको राल चुहाएर रमिता हेर्ने कम्युनिष्टले भन्दै प्रश्न समेत राखे। यसकारण यो क्षेत्रमा बिकास र समृद्धीका लागी नेपाली कांग्रेसको विकल्प नरहेको समेत नेता पन्थीले बताए ।