कम्युनिष्ट शासन ल्याउने सपना साकार हुँदैन : बालकृष्ण खाँण
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
454
Shares
बुटबल(रुपन्देही)। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले राजनीतिमा द्धन्द भन्दा पनि सहमति र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले नेपाली जनताको सात दशकभन्दा लामो संघर्षले प्राप्त संविधानलाई सबैको संविधान बनाउन आवश्यक रहेको पनि बताउनु भयो । नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति अन्तर्गत प्रदेश नं. ५ को मिडिया सेन्टरको मंगलबार बुटवलमा उद्घाटन गर्दै यस्तो विचार व्यक्त गरेका हुन् ।
बामपन्थि गठबन्धनले नेपालमा कम्युनिष्ट व्यवस्था ल्याउने सपना देखे पनि त्यो साकार नहुने दावी गर्दै नेता खाँडले भने,“ प्रचण्डका नाती नातिनाले कुन सिद्धान्त लिएर अगाडि बढ्ने हुन् मैले बुझ्न सकेको छैन । हिंसाको अन्त्य गर्न माओवादीसँग एकता गरेको हो तर सुर्धान सकिएन”, नेता खाँणले भने।
व्यक्तिगत सम्पत्ति स्वीकार नगर्ने कम्युनिष्ट पार्टिले जनतालाई घर जग्गा दिदैँ हिड्छु भन्ने कुरा कत्तिको सत्य होला, प्रश्न गर्दै कांग्रेसको सरकार बने मात्र जनतालाई मालिक बनाउन सकिने उनको तर्क थियो ।