कम्युनिष्ट गठबन्धनले मुलुकलाई नै कब्जा गर्न खोजे : नेता रुँगटा
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
274
Shares
वीरगन्ज । नेपाली कांग्रेसका युवा नेता एंव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार अनिल रुगटाले मंगलबार पनि घरदैलो कार्यक्रम गरेका छन् । क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २३ सबैठवामा प्रतिनिधि सभाका उम्मेदवार रुगटा र क्षेत्र नम्बर १ कै क बाट प्रदेश सभाका उम्मेदवार रामनारायण कुर्मीले संयुक्त रुपमा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन ।
वडा नम्बर २३ का स्थानिय तहका वडा अध्यक्षका उम्मेदवार भोला प्रसाद यादवको नेतृत्वमा निकालिएको घरदैलो कार्यक्रममा स्थानियको उल्लेखनिय सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार रुगटाले नेपाली कांग्रेसको छाप रुख छापमा मतदान गरी आफूलाई विजय बनाउन आग्रह गरेका छन् ।
घरदैलो पश्चात आयोजित चुनावी सभालाई सम्बोधन गर्दे समाजसेवी समेत रहेको युवा नेता रुगंटाले नेपाली कांग्रेसले नै दिशाहिन मुलुकलाई नेतृत्व गर्न सक्ने क्षमतवान पार्टी रहेको हुनाले कांग्रेसलाई भोट दिई विजय बनाउन आग्रह गरे । उनले भने,'अहिले मुलुकमा बामपंथीहरु एकजुट भई मुलुकलाई नै कब्जामा लिई एकात्मक शासन लाग्दको लागि नै कम्युनिष्ट गठबन्धन गरेको हुनाले यिनिहरुबाट सावधान रहन सवैलाई आग्रह छ ।'
नेपाली कांग्रेसले गर्दा नै मुलुक द्धन्द्धबाट बाहिर निस्केर शान्ति प्रकृयामा आएको र अबको चुनाव विकासको चुनाव भएको हुनाले नेपाली कांग्रेसले नै मुलुकमा विकासका विभिन्न योजनाहरु ल्याई प्रगतिको बाटो तिर डोर्याउन सक्ने दावी गरे।