arrow

म्याग्दीमा बम विष्फोट, काँग्रेसको प्रचार टोली निशानामा

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
bomb_cong.JPG

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ अर्जममा बम विष्फोट भएको छ । नेपाली काँग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरी नचिनिएको समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ ।

रत्नेचौरमा चुनावीसभा सकेर अर्जममा घरदैलो गर्न जाँदै गरेको प्रचार टोलीलाई लक्षिति गरी विफोष्ट गराइएको हो । काँग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार एवं म्याग्दी काँग्रेसका सभापति खम्बीर गर्बुजा नेतृत्वको टोली निशानामा परेको बताइएको छ ।

विष्फोटले प्रचारमा प्रयोग गरिएको सवारी साधनमा सामान्य क्षति भएको छ । विष्फोटले अन्य कसैलाई चोट पटक नलागेको प्ररीले जनाएको छ । विष्फोट गराउनेहरुको पहिचान खुलेको छैन ।

चुनाव प्रचार टोलीमा गर्बुजासहित लोकतान्त्रिक गठबन्धनबाट प्रदेश क का उम्मेदवार भीमप्रसाद गौचन, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र उपमेयर सञ्जु बरुवाल लगायत सहभागि थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ