वृद्धवृद्धाको आशीर्वाद लिई काँग्रेस चुनावी घरदैलोमा
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
348
Shares
चितवन । नेपाली काँग्रेस चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारले मंगलबार पवित्र तीर्थस्थल देवघाट धामबाट घरदैलो अभियान शुरु गरेका छन् ।
शिक्षा राज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार शेषनाथ अधिकारी र प्रदेशसभा सदस्य उम्मेदवार जीतनारायण श्रेष्ठले देवघाटस्थित लक्ष्मीनारायण मन्दिरमा पूजा गरी घरदैलो अभियान शुरु गरेका हुन्। भरतपुर महानगरपालिका १ स्थित देवघाटमा रहेका वृद्धवृद्धाको आशीर्वाद लिँदै घरदैलो अभियान शुरु गरिएको शिक्षा राज्यमन्त्री अधिकारीले बताए ।
सो क्षेत्रमा घरदैलोमा जाँदा स्थानीय बासिन्दाले बाँदरको आतंक नियन्त्रण गर्न उम्मेदवारसँग आग्रह गरेका छन् । घरदैलो कार्यक्रमपछि मन्त्री अधिकारीले देवघाटलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने बताए । "देवघाटको वेनी संगमलाई धार्मिक रुपले महत्वका साथ हेरिने गरेकाले यसलाई धाार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ", उनले भने
सो अवरमा प्रदेशसभा सदस्यका उम्मेदवार तथा काँग्रेस चितवनका सभापति श्रेष्ठले बाँदर नियन्त्रणका लागि देवघाट क्षेत्र विकास समितिसँग समन्वय गर्दै अघि बढ्ने बताए । भरतपुरको वडा नं १ देवघाट, पोखरा बसपार्क र रामनगरमा मगंलबार घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।