मन्त्री हुँदा छोटो समयमा अरबौं भित्र्याएकै हो, अब पनि भित्राउँछु : आचार्य
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
479
Shares
कपिलवस्तु । प्रचण्ड सरकारमा सिञ्चाई राज्य मन्त्री हुँदा कपिलवस्तुको सिञ्चाइको लागि अरबौ रकम भित्राएको पूर्व सिञ्चाई राज्यमन्त्री सुरेन्द्रराज आर्चायले बताएका छन् । ६ महिनाको छोटो कार्यकालमा कपिलवस्तुमा अरबौ रकम भित्राई किसानको पक्षमा काम गरेको उनका योजनाले बताउँछ ।
समग्र कपिलवस्तुको जिल्लाको सिञ्चाईको विकास र नदि नियन्त्रणको लागि आफूले जिल्लामा अरबौ रकम बढीको योजना ल्याएका एक कार्यक्रमबीच आर्चायले सञ्चारकर्मीलाई बताए । मानपुरमा रहेको सोखनियामा रहेको तालबाट सिञ्चाईको लागि मझौला कार्यक्रम अन्र्तरगत ५ करोडको कार्यक्रम तय भई काम सुरु भएको र सो योजना निरन्तर चल्ने आर्चायले बताए ।
त्यस्तै, कपिलवस्तु नगरपालिकामा पर्ने दोहनीबाँधबाट सिञ्चाईको लागि १० करोड रकम विनियोजन र कपिलवस्तु नगरपालिकाकै लम्तियनबाँधबाट सिञ्चाई गर्नको लागि ९ करोडको योजना बनाई काम सुरुवात भएको समेत आर्चायले बताए । त्यस्तै, शिसवा कजरहवा सिञ्चाइको लागि कंन्चनिया नदीमा बाँध निर्माण गरी सिञ्चाइको लागि २ करोड ५० लाख विनियोजन भएको र ४० लाख रकम आइसकेकोको र टेण्डर कार्य सूरु भएको समेत उनले बताए ।
त्यस्तै, साविक वैदौली गाविसको महसैयामा बाँध निर्माण गरी सिञ्चाइको लागि १ करोड १० लाख विनियोजन भइ काम सुरु हुन लागेको समेत आर्चायले बताए । उता महाराजगञ्ज नगरपालिकाको लठैया बाँध निर्माणमा समेत १ करोड बजेट विनियोजन भएको जनाए । स्थानीय कृषकहरुको लागि डिप बोरिङ जडानको लागि भलवारी, शिसवा, कजरहवा, फक्तेपुर, रनगाई, धनकौली, महाराजगजंमा उक्त वोरिग जडान भैरहेको र प्राविधिकहरु फिल्डमै रहेको समेत आर्चायले बताए ।
उता नदी नियन्त्रणको लागी गुडरुग खोला, वेल नदी, अगिया नदी, सुरइ नदिमा तटवन्ध निर्माणको लागी ५ करोड बढिका योजना जनता तटवन्ध कार्यक्रम अन्र्तरगत विनियोजन भई काम सुरुवात भैसकेको समेत आचार्यले बताए । त्यस्तै, चिरई खोला तटवन्धको लागि समेत १ करोड रकम विनियोजन भएको बताए । त्यस्तै, वाणगंगा नदी नियन्त्रणको अन्तर्गत कजरहवा, हदौना सिंहोखोरको लागि २ करोड २० लाख विनियोजन भएको समेत आचार्यले बताए । किसानहरुलाई प्रत्यक्ष सिञ्चाईको लागि लिफ्टिङ सिञ्चाई योजनाहरु समेत सञ्चालनमा ल्याएको बताएका छन् ।
जिल्लाको ठूलो सिञ्चाई आयोजना बृहत्तर वाणगंगा सिञ्चाई आयोजनाको व्यवस्थापनमा थप योगदान दिनको लागि समेत करोडांै रकम थप भएको आचार्यले बताए । त्यस्तै, आर्चायले अन्य विकास निर्माणका काम समेत गरेको र आगामी दिनमा समेत समग्र कपिलवस्तुको विकासको लागि प्रतिनिधि सभाको निर्वाचमा आफूले निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएको बताए । विशेषगरी किसानहरुको समस्या समाधान गर्न सिञ्चाई मलखाद व्यवस्थापन र बजारीकरणको लागि आफुले काम गर्दै आइरहेको समेत उनले बताए ।