arrow

काँग्रेसले आज संसदमा हङगामा गर्ने

logo
प्रकाशित २०७२ माघ ७ बिहिबार
CA-Bicc-1.JPG.jpeg
काठमाडौं । कृष्णप्रसाद भट्टराई आमसंचार प्रतिष्ठानको नामबाट सरकारले कृष्णप्रसाद भट्टराईको नाम हटाएको विषयमा नेपाली काँग्रेसले आज संसदमा हङगामा मच्चाउने भएको छ ।  
 
पुर्ववर्ति सरकारको निर्णयलाई अहिलेको सरकारले उल्ट्याएको भन्दै काँग्रेसले संसदमा कुरा उठाउने भएको हो । 
 
जनताको सर्वोच्च निकाय व्यवस्थापिका संसदले पारित गरेको विषयलाई सरकारले एकलौटी तरिकाले कानुनी राज्यको सिद्धान्त विपरित उल्याएको भन्दै काँग्रेसले संसदमा कुरा उठाउने भएको हो । “यस विषयमा सरकारसंग जवाफ माग गर्ने छौ,” काँग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले भने । 
 
तत्कालिन सूचना तथा सञ्चार मन्त्री एवम नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख डा. मिनेन्द्र रिजालले पनि पुर्ववर्ती सरकारको निर्णय उल्ट्याउने कुरा लोकतान्त्रीक हुन नसक्ने भन्दै आफुहरुले हरेक ठाउबाट यस विषयमा सरकारको ध्यानाकर्ष गराउने बताए । 
 
नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईको नाममा आमसञ्चार प्रतिष्ठान गठन गर्ने पुर्ववर्ति सरकारको निर्णयलाई अहिलेको सरकारले परिवर्तन गरेको विरुद्धमा नेपाल प्रेस युनियनले देशव्यापी आन्दोलन सुरु गरिसकेको छ । 
 
युनियनले सरकारको गलत निर्णयका विरुद्धमा पत्रकार महासंघका पुर्व सभापतिहरु, प्रेस युनियनका पुर्व सभापतिहरु र बरिष्ठ पत्रकारहरुको तर्फबाट केन्द्र र जिल्ला तहबाट संयुक्त बक्तव्य जारी गर्ने, कालोपट्टी बाँधेर काम गर्ने, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रमहरु तय गरिएको युनियनका महासचिव अजयवावु शिवाकोटीले जानकारी दिए । उनले अरु कार्यक्रमहरु पनि तत्काल घोषणा गरिने बताए । 
 
वर्तमान केपी ओली नेतृत्वको सरकारले आम संचारकर्मीको स्तरवृद्धिका लागि खुलेको आमसञ्चार प्रतिष्ठानबाट पत्रकार महासंघका पहिलो सभापति एवं सन्त नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुन जी)को नाम हटाएकामा देशभरीबाट पत्रकारहरुले चर्को विरोध गरेका छन् । 
 
सरकारले सञ्चार मन्त्रालयस्तरीय निर्णयबाट मन्त्रिपरिषद् लैजान तयारी गरेको प्रतिष्ठान गठन आदेशमा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ को नाम परिवर्तन गरी ‘राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ राखेको छ । सुशील कोइराला नेतृत्वको सरकारका तत्कालीन सञ्चार मन्त्री मिनेन्द्र रिजालको प्रस्तावमा मन्त्रिपरिषदले सन्त नेता भट्टराईको सम्मानमा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ स्थापना गठन गर्ने निर्णय गरेको थियो । पत्रकार महासंघले समेत भट्टराईलाई पहिलो सभापतिको सम्मान दिएर केन्द्रीय कार्यालयमै भट्टराईको तस्वीर टाँसेको छ भने हरेक ऐतिहासिक दस्तावेजहरुमा उहाँलाई नै पहिलो महासंघको पहिलो सभापति भनेर उल्लेख गरिएको छ । 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ