अर्थ मन्त्री कार्कीको निष्कर्ष – शान्तिपूर्ण र निष्पक्ष रुपले निर्वाचन सम्पन्न हुन्छ
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
627
Shares
इनरुवा । नेपाली काँग्रेसका नेता तथा अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले पहिलो र दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रुपले सम्पन्न हुने बताएका छन् ।
सुनसरीको रामधुनी नगरपालिकामा आइतबारदेखि शुरु भएको प्रथम रामधुनी गोल्डकप नकआउट फुटबल प्रतियोगितामा शुभकामना दिदै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
उनले निर्वाचन सम्पन्न गराएपछि देशलाई शान्ति सुव्यवस्था तथा राजनीतिक स्थिरतातर्फ चाँडै अगाडि बढाउने बताए ।
सुनसरी क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका अर्थमन्त्री कार्कीले आफूलाई निर्वाचित गराएको खण्डमा यहाँ एउटा ठूलो राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।