arrow

भीमसेनदासको दाबी – ‘माओवादी एमालेको ‘ललिपप’मा भुलियो, अब एमालेको मत मलाई’ 

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
bhimsen-das-pradhan1.jpg

काठमाडौं । रक्षा मन्त्री एवं नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेदवार भिमसेनदास प्रधानले माओवादी एमालेको ललिपपमा भुलिएकाले एमालेको मत आफूलाई आउने दाबी गरेका छन् ।

उनले सत्ता लिप्साका कारण प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा एमालेले माओवादीलाई ललिपप देखाएको बताएका छन् ।

राजधानीको बागबजारमा काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेश क को प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गर्दै सो क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका मन्त्री प्रधानले जुनसुकै प्रपञ्च रचेर पनि सत्तामा पुग्ने एमाले प्रयासकै कारण माओवादीलाई एमालेले ललिपप देखाएको बताएका हुन् ।

‘सत्ता लिप्साका कारण एमालेले माओवादीलाई ललिपप देखाएको छ, एमालेले गठबन्धन गरेको नै सत्तामा जसरी पनि पुग्नका लागि हो’, मन्त्री प्रधानले भने ।

उनले ४० प्रतिशत भाग सिट माओवादीलाई सुम्पिनुबाट नै एमाले अत्तालिएको प्रमाणित भएको र निर्वाचनबाट मतदाताले त्यो प्रमाणित गरेर देखाइदिने बताए ।

मन्त्री प्रधानले आफ्नो क्षेत्रमा एमालेका उम्मेदवारलाई टिकट नदिएर आफुहरुलाई पार्टीले घात गरेको गुनासो एमालेकै कार्यकर्ताबाट आएको भन्दै एमालेका कार्यकर्ताहरुले अब आफुलाई नै मत हाल्ने वाचा गरेको स्पट पारे ।

प्रधानले देशलाई जस्तो सुकै संकटको अवस्थामा पनि कांग्रेसले जोगाएको भन्दै कुनै पनि संकटबाट मुलुकलाई मुक्त गर्ने काममा विगत देखि नै कांग्रेसले अभिभावकको भूमिका निर्वाह गरेको र त्यो संविधान निर्माण भएबाट प्रमाणित भएको बताए ।

कार्यक्रममा काठमाडौं कांग्रेसका सभापति सबुज बाँनियाँले कांग्रेसको जित नै मुलुकको जित भएको भन्दै कसैले टिकट पाए नपाएको गुनासो छाडेर पार्टीले विश्वास गरेर  टिकट दिएका व्यक्तिलाई जिताउँन तर्फ लाग्न सबै कार्यकर्ताहरुलाई निर्देशन दिए । 

क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीले निर्वाचनको व्यवस्थापनमा कुनै पनि कसर बाँकी नराख्ने भन्दै कांग्रेसका उम्मेदवार जनताका समस्यासँग निकट रहेको र त्यसकारण पनि आफ्नो क्षेत्रमा कांग्रेसका सबै उम्मेदवारको जित शुनिश्चित रहेको बताए । 

यस्तै प्रदेश क का प्रचार समितिका संयोजक सुसन बैद्यले बाम गठबन्धनको कारण कांग्रेसका उमेदवार झनै बलियो भएको धारणा राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ