कपिलवस्तु २ मा कांग्रेसले गठन गर्यो १ हजार १ सदस्यीय प्रचार समिति
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
910
Shares
कपिलवस्तु । आसन्न प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको लागी प्रचार प्रसार गर्नको लागी नेपाली कांग्रेसले कपिलवस्तु क्षेत्र नं २ को २ वाट १ हजार १ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ । क्षेत्रिय सभापति कुमार पाण्डेयको संयोजकत्वमा उक्त समिति गठन गरेको हो ।
त्यस्तै सह सयोजकमा पुर्व क्षेत्रिय सभापति देवी प्रसाद वर्मा रहेका छन् । उक्त गठन कार्यक्रममा सम्वोधन गर्दै कागे्रसका प्रदेश सभा उमेद्धार सुधाकर पाण्डेयले नेपाली कांग्रेसको निति तथा सिदान्त र लोकतन्त्रको संस्थागत विकासमा कागेंसको योगदान बारे गाउं गाउं सम्म जनतालाई प्रचार समितिले सूचना सन्देश लैजाने बताए ।
सो अवसरमा जिला सदस्य राजेश ज्ञवाली, माधव पराजुली, अब्दुल कइम, ओम प्रकाश गुप्ता, कपिलवस्तु नगरपालिकाका उप मेयर लक्ष्मी गुप्ता, यशोधरा गाउंपालिकाका उपाध्यक्ष कन्यावती उपाध्याय लगायतले कागे्रं परिचालनको बारेमा लगायतले वोलेका थिए ।
उक्त समितिलाई थप विस्तार गर्नको लागी नेंविसंघका क्षेत्रिय सभापति आनन्द कुमार चौधरीको संयोजकत्वमा विद्यार्थी तथा स्वमसेवक परिचालन समिति , तरुण दलका क्षेत्रिय सभापति राजेश कुमार उपाध्यायको संयोजकत्वमा तरण परिचालन समिति, जिल्ला सदस्य अब्दुल कइमको संयोजकत्वमा मुस्लिम परिचालन समिति, महिला नेता बसन्ती सिंहको संयोजकत्वमा महिला परिचालन समिति , रिना विकको संयोजकत्वमा दलित परिचालन समिति गठन गरको छ ।
नेपाली कांग्रेसका आधिकारीक उमेद्धार सुरेन्द्रराज आर्चाय र सुधाकर पाण्डेयललाई जिताउन समितिले काम थालिसकेको क्षेत्रिय सचिव देबेन्द्र कुमार पाण्डेयले बताए ।