arrow

स्याङ्जाको समृद्धि मेरो चाहाना हो : उपप्रधानमन्त्री श्रेष्ठ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
gopalman_synja.JPG

स्याङ्जा । नेपाल सरकारका उपप्रधान तथा शिक्षा मन्त्री एवं स्याङ्जा क्षेत्र नं. २ का उम्मेदवार गोपालमान श्रेष्ठले स्याङ्जाको समृद्धि नै मेरो चाहाना भएको बताएका छन् । नेपाल प्रेस युनियन स्याङ्जाले आयोजना गरेको पत्रकार भेटघाट तथा विपि काँग्रेसका उमेदवारको उमेदवारी फिर्ता कार्यक्रममा वोल्दै स्याङ्जाको समृद्धि बनाउदै मुलुकको समृद्धि तर्फ आफु लाग्ने बताएका हुन् । 

नेपालकै नमुना जिल्लाको रुपमा विकास गर्न मेरो उमेदवारी रहेको औल्याउदै श्रेष्ठले स्याङ्जाको पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासमा अवको पाँच बर्ष ध्यान केन्द्रित हुने बताए । धर्म र संस्कृतिको रक्षा गर्न अहिले नेपाली काँग्रेसले विजयी हासिल गर्नु पर्ने बताउदै उपप्रधान मन्त्री तथा उमेदवार श्रेष्ठले कम्युनिष्टले साम्यवाद लादेर मुलुकलाई धरापमा पार्न खोजेको आरोप लगाए । 

लोकतान्त्रिक शक्ति र बामगठबन्धन शक्ति विचको यो अन्तिम लडाईमा नेपाली काँग्रेसलाई विजयी बनाउन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । जटिल परिस्थितीमा मुलुक उभिरहेका बेला जनताको मौलिक अधिकार, विभिन्न जातजातीले पाउने अधिकार, धर्म संस्कृतिको बचाउ गर्दै सुनिश्चितका लागि काँग्रेसले विजयी हासिल गर्नुपर्ने धारणा व्यक्त गरे । स्याङ्जाका दुई क्षेत्र र ४ प्रदेशमा काँग्रेसको झण्डा फहराउने दावी पनि श्रेष्ठले गरे । 

विपि पार्टीको नामबाट श्रेष्ठ लडेको चुनाव क्षेत्रबाट प्रतिनिधि सभाका लागि उमेदवारी दिएका रामभक्त भट्टराईले लोकतन्त्रलाई बलियो बनाउन भन्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । निर्वाचन कार्यलयबाट फिर्ता लिन पाउने समय अवधी सकिएपनि भट्टराईले काँग्रेस र श्रेष्ठलाई समर्थन गर्दै भोट माग्ने प्रतिवद्धता व्यक्त गरे । सरकारका उपप्रधान मन्त्री तथा उमेदवार रहेका श्रेष्ठ आफुलाई मत माग्दै घरदैलो र चुनावी सभामा व्यस्त रहेका छन् । स्याङ्जा काँग्रेसको चुनावी रणनीति र प्रचारप्रसारका बारेमा पनि श्रेष्ठले जानकारी दिएका थिए । 

विपि हिडेको, बसेको जिल्ला स्याङ्जामा बामगठबन्धनले विजयी हासिल गर्न दिनु हुँदैन भन्ने सोचका आधारमा मैले उमेदवारी फिर्ता लिएर काँग्रेसका उमेदवार श्रेष्ठलाई सघाउने अभिप्रायले अगाडि बढेको भट्टराईले बताए । मेरो उमेदवारी स्वार्थले छाडेको होइन भट्टराईले भने,“नेपालमा प्रजातन्त्र र लोकतन्त्र रहनुपर्छ भन्ने भावना मेरो हो । साम्यवाद आउने डरले नेपाली काँग्रेससँग हातेमालो गर्दै विजयी बनाउने प्रणका साथ उमेदवारी फिर्ता लिएको पत्रकार सम्मेलनमा भट्टराईले भने । भट्टराई लामो समय देखि काँग्रेसबाट राजनीति गर्दै आएका थिए । उनको उमेदवारी फिर्ता सगै श्रेष्ठलाई चुनाव जित्न सहज हुने बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ