स्थानीय तहको परिणामबाट कम्युनिष्टहरु भ्रममा परेका छन्:नेता निधि
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
618
Shares
धनुषा । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहको परिणामबाट कम्युनिष्टहरु भ्रममा परेको बताएका छन्।
नेता निधिले पहिलो चरणकै चुनावमा कम्युनिष्ट पार्टीको भ्रम टुट्ने बताउँदै भने, "ख्रोको राष्ट्रवाद धेरै दिन चल्दैन, नेपाली जनता अब सबै कुरा बुझ्ने भइसकेका छन् ।"
उनले नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले नेपालमा एकदलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाए ।" नेता निधिले एक प्रसङ्गमा भने, "बाहिरबाट आएर धनुषा जित्नु दिवास्वप्ना मात्र हो ।"