arrow

काँग्रेसले शेर्पा समुदायकै सम्मान गरेको देउवाको दाबी

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
pm_sher_bahadur_@_lukla.jpg

सोलुखुम्बु । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले शेर्पा समुदायबाट पासाङल्हामूलाई आफै सरकार प्रमुख हुँदा राष्ट्रिय विभिुति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताए । 

आइतबार बिहान सोलुखुम्बुको लुक्लामा आयोजित काँग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्ीत्र देउवाले आफु सरकार प्रमुख रहेका बेला शेर्पा समुदायकी पासाङल्हामू शेर्पालाई विभुति बनाएर शेर्पा समुदाय प्रति कदर गरेको धारणा राखे ।

उनले नेपालको ऐतिहासिक आदिबासी शेर्पा समुदायको नेपाली काँग्रेसले सधैँ कदर गर्ने बताए । 

यो पटकको चुनावमा पनि अन्य कुनै पार्टीले प्रत्यक्ष तर्फ शेर्पालाई चुनावमा नउठाएको दाबी गर्दै काँग्रेसले नै प्रदेश सभाको प्रत्यक्ष तर्फ आङगेलु शेर्पालाई उम्मेदवार बनाएको बताए । 

सो अवसरमा काँग्रेस सभापति देउवाले मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रबादिको जीत आवश्यक रहेको बताए । 

कार्यक्रममा प्रदेश सभा क्षेत्र नम्बर ख का उम्मेदवार आङगेलु शेर्पाले लुक्लाको सुर्केसम्म पिच सडक पुर्याउन माग गरे । 
उम्मेदवार शेर्पा र स्थानीय बासिको माग सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले २ बर्षभित्र सुर्केसम्म पिच सडक पुर्याउने र सोलुदुधकुण्ड नगरपालिकमा एउटा राष्ट्रिय सभा गृह बनाउने प्रतिबद्धता ब्यक्त गरे । 

चुनावी कार्यक्रममा प्रदेश सभाका उम्मेदवार शेर्पाले आफुलाई यहाँका जनताले निर्वाचित गर्ने विश्वास गर्दै चुनाव जितेपछि १ नम्बर प्रदेशकै नमुना क्षेत्र बनाउने बताए । 

कार्यक्रममा खुम्बु क्षेत्रका अगुवाहरुले त्यहाँको विकास निर्माणमा ध्यान दिन माग गरेका थिए । 

लुक्लाको चुनावी कार्यक्रम सकेर प्रधानमन्त्रि देउवा आइतबारै काठमाडांै फर्केका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ