पर्सामा अजय र सुरेन्द्रले काँग्रेस प्रवेश गराए एमाले, फोरम र राजपाका कार्यकर्ता
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
215
Shares
पर्सा। दोस्रो चरणमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको सरगर्मी तराई मधेशमा वढ्दै गएको छ।
मंसिर लाग्नै लाग्दा चिसो विस्तारै वढेदै गएपनि चुनावको कारणले राजनीतिक ताप भने बढेको छ।
चुनावको मिति नजिकिदै गर्दा पार्टी प्रवेशका घटनाले राजनीतिक वृत्तमा हलचल पनि ल्याएको छ।
यतिखेर विभिन्न राजनीतिक दलका स्थानिय नेता कार्यकर्ताहरु काँग्रेस प्रवेश गर्ने क्रम वढेको छ।
पर्सा २ का प्रतिनिधि सभा उमेद्वार तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया र पर्सा ३ का प्रतिनिधि सभा उमेद्वार सुरेन्द्र चौधरीले पर्साको भौराटारमा विभिन्न पार्टीबाट आएकाहरुलाई पार्टी प्रवेश गराए।
काँग्रेस उमेद्वारहरु चौरसिया, चौधरी लगायतका नेताहरुले एकै मञ्चबाट पार्टी प्रवेश गराएपछि काँग्रेस कार्यकर्तामा उत्साह आएको छ।
एमालेका मनोज कुशवाह, राजपाका जालन्धर ठाकुर, हिरा साह कानु, नगिना साह कानु, सुनमान मियाँ र फोरमका कार्यकर्ता तथा ब्रिलेन्ट युवा क्रवका अध्यक्ष शिवशंकर साह लगायत काँग्रेसमा आएका हुन्।
नवप्रवेशीहरुलाई क्षेत्र नम्वर ३ क का प्रदेश सभाका उमेद्वार जनार्दन सिंह क्षेत्री, ३ ख का प्रदेश सभाका उमेद्वार राजकिशोर चौधरी, पर्सा २ क का उमेद्वार राजेश्वर साह तेली र जिल्ला सचिव श्याम पटेलले समेत स्वागत गरेका थिए।