arrow

विकास नै मेरो पहिलो मुद्दा हो  : भरत शाह 

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
congress-flag.jpg

रुपन्देही । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य, पूर्व अर्थ राज्यमन्त्री तथा रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाहले विकास नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । यसअघि पनि संविधान सभाको निर्वाचनवाट सांसदमा निर्वाचित भएपछि विकासलाई नै आफ्नो क्षेत्रमा प्राथमिकता दिएको बताउँदै उनले रुपन्देही क्षेत्र नं. ५ मा भएको विकास देशकै लागि उदाहरण भएको बताए ।

रुपन्देही क्षेत्र नं. ५ को चुनाव प्रचार प्रसार समितिको कार्यालय सैनामैनाको कलौनीमा शनिवार विहान उदघाटन गर्दै शाहले रुपन्देही क्षेत्र नं. ५ मा आफूले गरेको विकास हेर्न विपक्षी दलका उम्मेदवारलाई आग्रह गरे । उनले आफ्नो निर्वाचन क्षेत्रमा आठ अर्व रुपैयाको विकासको काम भैरहेको बताउँदै यो विकासको द्रुत योजना अरु कुनैपनि दल र नेताले गर्न नसक्ने भन्दै उनले हिम्मत भए गरेर देखाउन चुनौति दिए ।  

उनले भने– अहिले रुपन्देहीको पाँच नं. क्षेत्रमा बाटो वनिरहेको छ, सिंचाईका लागि ट्युववेल र बोरिङको काम भैरहेको छ, हुलाकी सडक निर्माण भैरहेका छन, स्कुुल, क्याम्पस, स्वास्थ्य चौकी बनिरहेका छन । संविधान सभामार्फत गणतन्त्रको सपना नेपाली कांग्रेसले २००७ सालमा नै वीपी मार्फत देखेको वताउँदै नेता शाहले संविधान सभापछि गणतन्त्र संस्थागत गर्ने काम पनि नेपाली कांग्रेसकै नेतृत्वमा भएको र कार्यान्वयन पनि कांग्रेसकै नेतृत्वमा हुने बताए ।

उनले अहिलेको निर्वाचन लोकतान्त्रिक शासन व्यवस्था कायम राख्ने कि कम्युनिष्ट शासन व्यवस्था लाद्ने भन्नेवीच नै रहेको बताउँदै चीन, दक्षिण कोरिया र रुसमा जस्तो व्यवस्थाको सपना नदेख्न बाम गठवन्धनलाई चुनौति दिए । काँग्रेसले लिएको उदारीकरणको नीतिकै कारण अहिले नेपालमा बैक, स्कुल, उद्योग कारखाना, आधुनिक संचार प्रविधिको विकास, स्वास्थ्य चौकी, अस्पताल स्थापना भएको उल्लेख गर्दै नेता शाहले लोकतन्त्र जीवित राख्ने हो भने अव नेपाली का्रग्रेसलाई जिताउनुको अर्को विकल्प नभएको दोहो¥याए ।

रुपन्देही क्षेत्र नं. ५ क का प्रदेश सभाका लागि कांग्रेसका युवा उम्मेदवार विष्णु पोखरेलले विकास हेर्ने हो भने रुपन्देहीको पाँच नं. क्षेत्र आउनु पर्ने वताउँदै नेता भरतकुमार शाहले जस्तो विकास देशमै अन्यत्र कतै नभएको दावी गरे । उनले लोकतन्त्रलाई जीवित राख्नपनि नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गर्दै बामपन्थी गठवन्धनले कम्युनिष्ट शासन व्यवस्था ल्याउने सोंच जनताले पूरा गर्न नदिने बताए । अहिलेको युगमा जनता नै जनार्दन भएको उल्लेख गर्दै उम्मेदवार पोखरेलले लोकतन्त्रको संस्थागत विकास, संविधान कार्यान्वयन र देशकै विकास तथा सम्मृद्धिका लागि कांग्रेसको रुख चिन्हमा भोट दिन आग्रह गरे । 

नेपाली कांग्रेसका जिल्ला सदस्य फणेन्द्रकुमार शर्माले अहिलेको निर्वाचन लोकतन्त्रलाई स्वीकार गर्ने कि देशमा कम्युनिष्ट शासन व्यवस्था लाद्ने भन्ने वीचमै रहेको वताउँदै विकास चाहने मतदातालाई कांग्रेसका पक्षमा उभिन अनुरोध गरे।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ