पुनर्वास,कञ्चनपुर। मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काँग्रेस उम्मेदवार जिताउने उद्घोष गर्दै शनिबार पुनर्वासमा शिक्षकहरुले भेला गरेका छन् । कम्युनिस्ट शासन ब्यबस्था र लोकतान्त्रिक ब्यबस्था बिच जनमत संग्रह जस्तो देखिएको निर्वाचनमा काँग्रेस उम्मेदवारहरुलाई जिताउन भेलाको आयोजन गरिएको हो ।
काँग्रेस निकट नेपाल शिक्षक संघ पुनर्वास शाखाको आयोजना गरिएको भेलाले आसन्न निर्वाचनमा बाम तालमेलका उम्मेदवारलाई पराजित गरी काँग्रेस उम्मेदवारहरुलाई जिताउन एकजुट भर्इ निर्वाचनमा होमिने निर्णय गरेको छ ।
आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा बाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी बिना मगरसँग नेपाली काँग्रेसका निवर्तमान साँसद दिवानसिह बिष्ट चुनावी प्रतिस्पर्धा गर्दै मैदानमा उत्रिएका छन ।
२०७० को सम्बिधान सभा निर्वाचनमा काँग्रेस उम्मेदवार बिष्टसँग पराजित माओवादी नेतृ मगर यस पटक एमालेको सहयोगमा चुनावमा होमिएकी छिन । सरल र साधा जीवन शैली र निरन्तर क्षेत्रको बिकासमा कटिबद्ध रहने नेताको छवि बनाएका काँग्रेस उम्मेदवार बिष्टलाई जित सहज बनाउन शिक्षकहरु मैदानमा उत्रने तयारी गरेका छन् ।
लोकतान्त्रिक शासन ब्यबस्थाको जित सुनिश्चित बनाउन काँग्रेस उम्मेदवारलाई जिताउन शिक्षकहरुको भेला आयोजन गरिएको नेपाल शिक्षक संघ पुनर्वासका अध्यक्ष शिवबहादुर पाण्डेले बताए ।
शनिबार पुनर्वासको त्रिभुवनबस्तीमा आयोजित भेलामा निवर्तमान साँसद दिवानसिह बिष्ट प्रमुख अतिथि रहेको भेलामा निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट प्रदेश सभाका काँग्रेस उम्मेदवार गोपाल गुरुङ विशिष्ट अतिथी रहेको भेलाको अध्यक्षता संघका अध्यक्ष शिबबहादुर पाण्डेले गरेका थिए ।