arrow

पर्यटनमन्त्री देवलाई आयोगले सोध्यो स्पष्टिकरण

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
jitendra_dev.JPG

काठमाडौँ । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवसँग स्पष्टिकरण सोधेको छ ।

आयोगले सरकारी सवारी साधनको दुरूपयोग गरी सप्तरीस्थित सार्वजनिक विद्यालय परिसरमा आयोजना गरिएको चुनावी सभामा प्रमुख अतिथिका रूपमा सहभागी भएको भन्दै २४ घण्टे स्पष्टीकरण माग गरेको गरेको हो  ।

‘विद्यालयमै सभा र मन्त्रीकै उपस्थितिमा आचारसंहिता विपरित सभा’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएको भन्दै आयोगले निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा सरकारी सवारी साधनको दुरूपयोग गरी सार्वजनिक विद्यालय परिसरमा आयोजना गरिएको सभामा प्रमुख अतिथिको रूपमा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकाले तपाइँलाई कारवाही किन नहुनु पर्ने हो ? भनि आयोगले चिठी लेखेको हो । चिठी पाएको २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ