arrow

रुकुममा कांग्रेसको चुनावि गतिविधि

'माओवादी केन्द्रमा प्रवेश नगरेको भन्दै वडा सचिवको आपत्ति'

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार

रुकुम। नेपाली कांग्रेस पश्चिम रुकुम क्षेत्र नं. २ ले चुनावि गतिविधिलाई तिव्रता दिएको छ । प्रदेश सभा सदस्यका उम्मेदवार खड्बहादुर डाँगी नेतृत्वको टोलीले शनिबार त्रिवेणी गाउँपालिकाका विभिन्न वडाहरुमा घरदैलो तथा जभेटघाट कार्यक्रम गरेको छ । टोलीले त्रिवेणी गाउँपालिकाको ८, ९ र १० नम्बर वडाका विभिन्न ठाउँमा घरदैलो तथा जनभेटघाट गरेको हो ।

घरदैलो तथा जभेटघाट कार्यक्रममा प्रदेश सभाका उम्मेदवार डाँगीले रुकुमको विकास र समृद्धिका साथै लोकतन्त्रको रक्षाका लागी कांग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए । आफु निर्वाचित भएपछि जिल्लाको सडक, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा विकास गर्ने । रुकुमको समग्र विकास निर्माणमा नेपाली कांग्रेस र आफुले धेरै योगदान गरेकाले मंसिर १० गते हुने निर्वाचनबाट आफु आफ्नो पार्टीले जित्ने उनले दावि गरे।

यसैबीच कार्यक्रममा नेपाली कांग्रेसवाट नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका भनिएको व्यक्तिहरुले आपत्ति जनाएका छन् । गत २१ गते विभिन्न समाचार माध्ययनबाट आफुहरु माओवादी केन्द्रमा प्रवेश गरेको भन्ने समाचार प्रकाशन र प्रसारण भएको भन्दै नेपाली कांग्रेस त्रिवेणी गाउँपालिका वडा नं. १० का वडा सचिव लिलवहादुर केसी र नेपाल शिक्षक संघका सदस्य शेरवहादुर केसीले आपत्ति जनाएका हुन् ।

आफुहरुको नेपाली कांग्रेसको आस्था र विचारमा ठोस पुर्‍याउने उद्देश्यले माओवादी केन्द्रमा प्रवेश गरेको भनी गल प्रचार भएको भन्दै उनिहरुले शनिबार आपत्ति जनाएका हुन् ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ