arrow

'निरंकुशता नचाहनेहरुले काँग्रेसलार्इ भोट दिनुपर्ने'

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
congress_canditad.jpg

कपिलवस्तु । आगामी मंसिर २१ गतेका लागि निर्धारित प्रतिनिधि र प्रदेशसभाको निर्वाचन जनताको अधिकारका पक्षधर र निरंकुशता लाद्नेबीचको भएको काँग्रेसका उम्मेदवारहरुले बताएका छन् । नेपाल प्रेस युनियन कपिलवस्तुले निर्वाचनमा पार्टीबाट प्रतिनिधि र प्रदेशसभामा उम्मेदवारी दिएका उम्मेदबारसँग आयोजना गरेको पत्रकार सम्मेलनका बोल्ने नेताले सो बिचार व्यक्त गरे । 

सो अवसरमा बोल्दै प्रदेशसभाका उम्मेदबार पुरन थारुले पार्टीले सबै बर्गजातिलाई मिलाएर लगेको बताउँदै जनजातिलाई काँग्रेस बाहकेका पार्टीले स्थान नदिएको बताए । त्यसैगरी अर्का उम्मेदवार राजेश आचार्यले वर्षौ लडेर ल्याएको लोकतन्त्र र गणतन्त्रलाई बामगठबन्धनका नाममा निरंकुशता तर्फ लग्न खोजिएको बताउँदै सो विषयमा जनताले नै बाम गठबन्धनलाई जवाफ दिने बताए । 

त्यसैगरी विभिन्न आन्दोलनको नाममा देशको विकासलाई १५ वर्ष पछाडि धकेलेर ६५ हजार युवालाई विदेशिन विवश बनाउने कम्युनिष्टले देखाएको नारा नारामा मात्र सीमित रहेको बताए। नेपाली काँग्रेस विना मानब अधिकार, महिला अधिकार र जनताको मौलिक अधिकारको संरक्षण हुन नसक्ने प्रदेशसभा उम्मेदबार सुधाकर पाण्डेयको भनाई थियो ।

त्यस्तै, प्रतिनिधि  सभा निर्वाचन क्षेत्र नं २ को १ बाट प्रदेश सभाका उम्मेदवार बनेका जवाहारलाल चौधरीले नेपाली काँगे्रसले सबैजातजाति तथा विभिन्न समुदायको प्रतिनिधित्व गरेको हुँदा काँगे्रसले नै विकासको मेरुदण्ड रहेको बताए । अर्का प्रदेश सभाका उम्मेदवार अजय थापाले युवाको काँधमा जिम्मेवारी आएको कारण युवाहरुलाई सम्मान र स्थान दिने पार्टी नेपाली काँगे्रस भएकोले युवाहरुको आर्कषर्ण नेपाली काँगे्रसमा आएको बताए । 

कार्यक्रममा बोल्दै प्रतिनिधीसभाको क्षेत्र नम्बर ३ का उम्मेदवार अभिषेक प्रताप शाहले मधेसको अधिकारको अबरोध गर्ने एमालेलाई जनताले कुनै पनि हालतमा नपचाउने बताए । स्वतन्त्र व्यक्ति स्वतन्त्र नै हुने धारणा व्यक्त गर्दै सुर्य चुनाव चिन्ह लिएर स्वतन्त्र भन्दै जनता झुक्याउने कुराको जनताले गतिलो जवाफ दिने शाहको भनाई थियो । अबको १५ दिन भित्रै बामगठबन्धनमा टकराव शुरु हुने बताउदै काँग्रेस बलियो शक्ति भएकै एक्लै जुध्ने साहस नहुदाँ बाम गठबन्धन बनेको उनको दाबी थियो । 

कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधिसभा २ का उम्मेदबार सुरेन्द्रराज आचार्यले जनताले बिकास र समृद्धि खोजेकाले निरंकुशता लादन खोज्नेलाई जनताले चुनावमा तह लगाईदिने बताए । सो अवसरमा बोल्दै प्रतिनिधी सभा १ का उम्मेदबार दीपकुमार उपाध्यायले यो चुनाव फरक शैलीको भएको बताउँदै जनताले स्वतन्त्रता र विकास रोज्ने कि निरंकुशता रोज्ने भन्ने बिषय प्रमुख रहेको बताए । बामगठबन्धनका नाममा लोकतन्त्रलाई धरासायी बनाउन खोजिएकाले त्यस्तो कार्यलाई जनताले तिरस्कृत गर्ने उपाध्यायको दाबी थियो । नेपाली कागे्रसको नेतृतवमा कपिलवस्तुको विकास र पर्यटन विकासको लागी आफुहरु लाग्ने समेत सबै उमेद्धारहरुले प्रतिवद्धता जनाएका थिए । 

कार्यक्रममा उम्मेदबारहरुले सामुहिक रुपमा हात उठाएर आफुहरु एक भएको सन्देश दिएका थिए । प्रेस युनियन जिल्ला सभापति गोपाल भण्डारीको अध्यक्षता र सचिव मणिप्रसाद गैह्रेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ