कञ्चनपुरका विभिन्न पार्टी कार्यकर्ता कांग्रेसमा प्रवेश, एनपीले भित्र्याए
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
169
Shares
कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा विभिन्न पार्टीमा आबद्ध कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार वेतकोट नगरपालिकाको सुडामा एमाले र माओवादीमा आबद्ध १४ जना पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा मोहन सिंह, निर्मला सिंह, लक्ष्मी पौडेल, सरिता भटराई, गणेश राना, सोम भटराई, लक्ष्मी थापा, आशा गुरुङ, पुजा थापा, अमर थापा, कमला भण्डारी, गिता बिष्ट, शारदा बोहरा, तेजेशवरी केरुवान लगायत रहेका छन् ।
सुडास्थित राधाकृष्ण मन्दिरमा भएको चुनावी सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउदले नवप्रवेशीलाई टीका लगाएर पार्टीमा स्वागत गरे । कांग्रेसले ल्याएको संविधान कांग्रेसले नै कार्यान्वयन गर्न सक्ने र विकास तथा समृद्धि पनि कांग्रेसकै नेतृत्वमा सम्भव देखेर आफूहरु पार्टी प्रवेश गरेको नवप्रवेशीले बताए ।