रामेछापका कांग्रेस उम्मेदवार भोट माग्दै घरखेतमा, बाम गठबन्धन काठमाडौंमा
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
657
Shares
रामेछाप । नेपाली कांग्रेसका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार स्थानियको घरदैलोमा पुगेर जनतासग मत माग्न ब्यस्त देखिन्छन् भने बामगठबन्धनका उम्मेदवार काठमाडौंमा रहेका रामेछापको मतदातालाई लक्षित गरेर काठमाडौंमा पुगेका छन् ।
नेपाली कांग्रेसको प्रतिनितिसभा सदस्यका उम्मेदवार पुर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेश 'क' तर्फका प्रदेशसभा सदस्यका उम्मेदवार रामेछापको पुर्व हिमाली भेगको गुम्देलका जनताको समस्या र आवश्यकता बुझेर पूरा गर्ने विश्वास दिलाउदै जनताको मन जित्न मत मागिरहेका छन् ।
त्यस्तै प्रदेश 'ख' तर्फका कांग्रेसको उम्मेदवार जित बहादुर मगर तामाकोसीको किनारमा रहेका लोपउन्मुख जाति माझी बस्तिमा पुगेर माझिको समस्या र आवश्यकता बुझ्दै पूरा गर्ने बाचन सहित मत माग्न ब्यस्त रहेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रत्नहरि ढुङ्गेलले जानकारी दिए ।
यता बाम गठबन्धनले काठमाडौं रामेछाप सम्पर्क समितिलको आयोजनामा बुद्धनगर स्थित चुनावी सभालाई सम्बोधन गर्न व्यस्त देखिन्छन् । बामगठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार स्याम कुसल श्रेष्ठ , प्रदेश 'क' का उम्मेदवार शान्ति प्रसाद पौंडेल र प्रदेश 'ख' तर्फका उम्मेदवार कैलाश ढुङ्गेल काठमाडौंमा रहेका रामेछापका उद्योगी ,व्यापारी र विभिन्न पेशामा आबद्ध भएर काठमाडौंमा बसेकाहरुलाई लक्षित गरेर मत माग्न काठमाडौंमा कार्यक्रम गर्न पुगेको बामगठबन्धन काठमाडौ रामेछाप सम्पर्क समितिका सचिव राकेश श्रेष्ठले जानकारी दिए ।