arrow

बाम गठबन्धन छाडेका ववियाविर्ताका दर्जनौलाई काँग्रेसमा भित्र्याए मिनेन्द्रले

logo
किरण न्यौपाने।
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
minendra-nc-morang-party-pravesh.jpg

रंगेली । मोरङको क्षेत्र नं.२ बविया विर्तामा विभिन्न पार्टी परित्याग गरेर ४ सय ८५ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

बाम गठबन्धनलाई नरुचाएका माओबादी केन्द्र बवियाविर्ताका संयोजक रमेश खवास, कोषाअध्यक्ष विक्रम माझी, सदस्य सहमद हुसेन, रामहरी पाण्डे काँग्रेसमा प्रवेश गरेका हुन्। 

एमाले गाउँ कमिटी सदस्यका गुरु टुडु लगायतका कार्यकर्ताहरु पनि नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। नयाँ शक्ती नेपाल बवियाविर्ता संयोजक तालाबाबु टुडु सदस्य दिनेश राय, अमरु ऋषिदेव पनि काँग्रेसमा आएको बवियाविर्ताका काँग्रेस सचिव सुभाष सिग्देलले जानकारी दिए । 

नवप्रवेशीहरुलाई मोरङ्ग क्षेत्र नं.२ का प्रतिनिधीसभाका उमेदवार डा.मिनेन्द्र रिजाल, समानुपातिक उमेदवार गोपालमान सिंह राजभण्डारी, प्रदेश सभा (क) उमेदवार सुमन कुवर, महेश्वर राजवंशी, दिलिप गच्छदार, जिल्ला सचिव मोदराज घिमिरेले अविरमाला गरेर स्वागत गरेका थिए।  

नेपाली काँग्रेस मोरङ क्षेत्र नं.२ ले चुनावी गतिविधी संगै प्रचार प्रसारलाई तिब्रता दिई विभिन्न स्थानमा कोणसभा, घरदैलो थालेको छ ।  

सो क्रममा डा. रिजालले मोरङ्ग क्षेत्र नं.२ लाई राष्ट्रिय पहिचानको क्षेत्रको रुपमा विकाश गरी रतुवा नदि, बक्राह नदी लाई नियन्त्रण गरी यस क्षेत्रका आम मानिसको जिवन स्तरमा सुधार पुग्ने कार्य थाल्ने बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ