arrow

भक्तपुरमा कम्तीमा ३ प्रदेश र १ प्रतिनिधिसभा सिट जित्छौं – दुर्लभ थापा

logo
प्रकाशित २०७४ कार्तिक २४ शुक्रबार
durlab-thapa.jpg

भक्तपुर । स्थानीय तहको निर्वाचनमा जिल्लामा असफलता पाएको नेपाली काँग्रेसले यसपटक भक्तपुरमा कम्तीमा ३ प्रदेश र १ प्रतिनिधिसभा सिट जित्ने दाबी गरेको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले काँग्रेस यसपटक ठूलो लक्ष्यसहित मैदानमा उत्रिएको बताएका छन् । 

दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा बाबुराजा जोशी र प्रदेश सभामा जीवन खत्रीसँगै अनिल भुजु रहेका छन् । त्यसैगरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा दमननाथ ढुंगाना र प्रदेश सभामा उद्वव सिलवाल र गणेशमान चक्रधर रहेका छन् । 

थापाले हाम्राकुरासंगको संक्षिप्त अन्तर्वार्ताका क्रममा भने, ‘हामी स्थानीय तहमा भोगेको हारको परिणामबाट झस्केका छौं, त्यसबाट पाठ सिकेर अगाडि बढ्दै छौं, पहिले भोगेको परिणामले वितृष्णा थियो, अब हामी दह्रा भइसकेका छौं ।’

थापाले काँग्रेसभित्र अहिले कुनै पनि गुट उपगुट नभएकाले एक ढिक्का भई अगाडि बढेको बताए । 

पूर्व सभामुख एवं श्रद्धेय नेता दमननाथ ढुंगानाको आगमनले भक्तपुर काँग्रेस अझ बढी चलायमान भएको भन्दै थापाले काँग्रेसलाई यसपटक कसैले हराउन नसक्ने स्पष्ट पारे । 

उनले आफूले यो क्षेत्रलाई राम्रो गरेको दाबी गर्दै जित्नेमा कुनै दुई मत नभएकोसमेत स्पष्ट पारे ।दुर्लभ थापाले ७० वर्षदेखि ७० वर्षदेखि जनताद्धारा निर्मित संविधान जरुरी भएको महसुस काँग्रेसले गरेरै संविधान आएको दाबी गर्दै अब कार्यान्वयन पनि काँग्रेसले नै गर्नेमा ढुक्क हुन आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ