arrow

मोरङ १ ख का काँग्रेस उम्मेदवार इश्वरी कोइराला भन्छन ‘मेरो कामको लेखाजोखा गरे पुग्छ’

logo
तेजन खड्का ।
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
Ishwari-koirala-nc-morang.jpg

उर्लाबारी । उत्तरीमोरङका चर्चित नेता इश्वरी कोइरालाको पक्षमा माहौल बढदै गएको छ । कोइरालाको उम्मेदवारी परेसँगै त्यस क्षेत्रका जनता उत्साहित छन् । 

बिकासका पर्याबाचि नै रहेका कोईराला जनताको सेवामा तथा स्थानीय स्तरमा अहोरात्र खटिदै आएका छन्।

चुनाबमा सबैले बिकासे नारा राख्छन्, तर मेरो उम्मेदवारी किन हो भन्ने कुरामा मैले पहिले गरेको कामको लेखाजोखा गरे हुन्छ ,कोईरालाले भने । 

नेपाली कांग्रेसको तर्फबाट मोरङ क्षेत्र नं. १ अन्तरगत प्रदेश ‘ख’का उम्मेदवार कोइराला पार्टीमा लामो समयदेखि संघर्षरत्त छन्।

कोइराला उत्तरी मोरङका जनताका बिचमा लोकप्रिय रहेका उनी इमान्दार, कर्मठ र जुझारू नेताको रुपमा चिनिन्छन। 

उत्तरी क्षेत्रमा समग्र शिक्षा, स्वास्थ्य, खेलकुद र सामाजिक विकासमा कोइरालाको महत्वपूर्ण योगदान रहँदै आएको छ । 

उत्तरी मोरङका जनताका दुःखकष्टमा साथ दिँदै आइरहेका नेता कोइरालाको  उम्मेद्वारीले स्थानीयमा खुशी छाएको छ । 

स्थानीय स्तरमा जनताले भोग्दै आएका समस्यालाई निराकरण गर्न नदी तटबन्ध, सडक पूर्वाधार निर्माण, विद्युत विस्तार, खानेपानी, सिचाईलगायतमा कोइरालाको प्रत्यक्ष सहभागिता रहँदै आएको छ । 

उनकै पहलमा लेखरामा केबुलेसन सिचाइ आयोजना निर्माण भएको समेत स्थानीय लाफा क्लबका अध्यक्ष सन्तोष मगरको भनाइ छ । 

उत्तरी मोरङ जनतामा युवा अवस्थादेखि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जनताको पक्षमा सदैव तत्पर रहने उम्मेद्वार प्रदेश सभा सदस्यका लागि पाउनु स्थानीयवासीको लागि गौरबको कुरा भएको स्थानीय बालकुमार खाँड ठकुरीले बताउँछन्। 

उनले जनताप्रति उत्तरदायी कोइरालालाई विजयी गराउने महत्वपूर्ण अवसर रहेको पनि बताए । 

आफूले जितेमा क्षेत्रको समग्र विकासका लागि आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनी बताउँछन्। 

आफूले युवाहरूका हरेक समस्यालाई पहिलो प्राथमिकतामा राखी काम गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन्। 

कोइरालाले युवाहरूलाई बिदेश पलायन हुन नदिएर आफ्नै ठाउँमा विभिन्न किसिमका सीपमूलक तालिमको ब्यबस्था गरी बिदेश पलायन हुनेको संख्या घटाइ आफ्नै ठाँउमा रोजगारीको सिर्जना गर्ने योजना समेत अघि सारेका छन् ।

मोरङको उत्तरी भूभाग समेटिएको प्रदेश सभा ख मा लेटाङ नगरपालिका, केराबारी गाउँपालिका र मिक्लाजुङ गाउँपालिका वडा नं. १, ४ र ५ पर्दछ । यस क्षेत्रमा ५० हजार १ सय ६३ मतदाता छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ