arrow

काँग्रेस निर्वाचन परिचालन समिति बैठक : यस्तो गर्यो ५ बुँदे निर्णय 

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
nc-party-office.png

काठमाडौं । काँग्रेसको निर्वाचन परिचालन समिति बैठक सम्पन्न भएको छ । बिहीबार समिति संयोजक बालकृष्ण खाँणको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक ५ बुँदे निर्णय गर्दै सम्पन्न भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । 

बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका नेपाली कांग्रेसका उम्मेदवारहरु आ–आफ्नो निर्वाचन क्षेत्रहरुमा नै कार्यकर्ताहरु परिचालन, जनसम्पर्क एवं प्रचारमा संलग्न रही निर्वाचन क्षेत्रको     अवस्थाको बारेमा नेपाली कांग्रेस निर्वाचन परिचालन समितिलाई जानकारी गराउन अनुरोध गर्ने निर्णय गरेको छ ।  

त्यस्तै, कांग्रेसका सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्यहरु र लोकतन्त्रवादीहरुलाई आ–आ–आफ्नो निर्वाचन क्षेत्र भित्रका गाउँ, नगरमा गई नेपाली कांग्रेसका     उम्मेदवारहरुलाई विजयी गराउने अभियानमा संलग्न हुन आह्वान गर्ने, काठमाडौँ स्थित नेपाली कांग्रेसको जिल्ला सम्पर्क समितिहरुलाई परिचालन गर्ने, पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा केन्द्रीय निर्वाचन परिचालन समितिका केन्द्रीय प्रतिनिधि पठाउने  र नेपाली कांग्रेसको घोषणापत्र, निर्वाचन प्रचार प्रसार सामाग्री लगायत आवश्यक पर्ने सामाग्रीहरु निर्वाचन क्षेत्रमा नै केन्द्रबाट उपलब्ध गराइने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ