पाल्पा।नेपाली कांग्रेसका सभापती विर बहादुर रानाले नेपाली जनताको ठूलो बलिदानी प्राप्त लोकतन्त्र नै शङ्कटमा पर्ने अवस्थामा आएको बताएका छन्। बुधवार पार्टी कार्यालयमा आयोजीत महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल प्रेस युनियनको बैठकलाई संम्वोधन गर्दै सभापति रानाले बाम गठबन्धन हुन भनेको हाल सम्मको प्राप्त उपलब्धीलाई धरासायी पार्दै साम्यवाद स्थापना गर्ने उद्धेश्य रहेको बताए। जनताको बलिदानी बाट प्राप्त उपलब्धीत लाई संरक्षण गर्दै नेपाली जनता स्वतन्त्रता प्रत्याभूत गराउने पार्टी नेपाली काँग्रेस भएकोले नेपाली कांग्रेसको पक्षमा जनलहर ल्याउन आग्रह गरे।
संयुक्त बैठकमा नेपाली काँग्रेसका पूर्व केन्दीय सदस्य राजन प्रसाद पन्तले बेमौसममा भएको बाम एकताले लोकतन्त्रको अस्तित्व नै शंकटमा पर्ने भएकोले नेपाली काँगे्रसको पक्षमा लोकतन्त्रवादी एक जुट हुन आग्रह गरे। बाम गठबन्धन लोकतान्त्रीक ब्यवस्था अन्त्य गर्नका लागि भएको पूर्व केन्दीय सदस्य पन्तको भनाई रहेको थियो।
कार्यक्रममा पार्टीका सचिव अजय कर्मचार्य, नेपाली काँग्रेस प्रदेश सभा २ को क का उम्मेदवार माधव नेपाल, महाधिवेशन प्रतिनिधि यम लाल तिमिल्सेना , प्रेस युनियनका संस्थापक सभापति झपेन्द्र गहिरे, प्रेस युनियनका पूर्व सभापति तथा गुल्मी जिल्लाका महाधिवेशन प्रतिनिधि जगदीश भट्टराई, पार्टीका प्रमुख प्रचार प्रसार विभागका प्रमुख राधेश्याम ज्ञवाली, प्रेस विभाग प्रमुख माधव अर्याल, नेपाल प्रेस युनियनका सभापती भरत शर्मा लगायतका बक्ताहरुले लोकतन्त्रको संरक्षण कै लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउनु पर्नेमा जोड दिए।