बरेङ पुगेर कांग्रेसका उम्मेदवारले भने, जिल्लाको विकास निर्माणको आधार नै कांग्रेस
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
301
Shares
बागलुङ। नेपाली कांग्रेसका बागलुङ क्षेत्र नं. १ प्रतिनिधि सभाका उम्मेदवार तथा सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले जिल्लाको विकास निर्माणको मुख्य आधार नै नेपाली काँग्रेस भएको जिकिर गरेकी छिन।
बिहीबार जिल्लाको बरेङ बजारमा आयोजित चुनावी सभामा बोल्दै मन्त्री खड्काले देशमा कम्युनिष्टहरुले भण्डाफोर मात्र गरेर गाउँको विकास दिन नसकेको भन्दै गाँउका हरेक विकास निम्ती पनि काँग्रेसलाई बिजयी आवश्यक रहेको बताईन। उनले बागलुङ बजारदेखी शान्तिपुर हुँदै बरेङ बजार सम्मको बाटोलाई स्रोन्नतीका लागि आफुले पहिलो पहल गर्ने बताईन। त्यसै गरी सभामा क्षेत्र नं. १ प्रदेश २ का उम्मेदवार कांग्रेसका निवर्तमान पार्टि सभापति तथा सांसद प्रकाश शर्मा पौडेलले बरेङ गाउँपालिकाको समग्र विकासका निम्ती आफु अहोरात्र खटिरहने बताए।
पौडेलले बाम गठबन्धनले चुनाव जिते मुलुकको शान्ति सुरक्षा खलबलिनुको साथै विकास निर्माणको काम समेत ठप्प हुन सक्ने बताए। पौडेलले भने आसन्न निर्वाचनमा यदी नेपाली काँग्रेस हार्यो भने यहाँका विकास निर्माणका काम पनि हार्ने हुँदा सम्पुण जनतालाई विकासका निम्ति पनि काँग्रेसलाई भोट हाल्न आग्रह गरे। अगामी मसिंर १० गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस क्षेत्र नं. १ बागलुङले चुनावी अभियानलाई तिब्र पारिरहेको छ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पार्टि सचिव नवराज पौडेल, महासमिति सदस्य भिम श्रीष, क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, चिरञ्जीवी गौतम, नेपाल विद्यार्थी संघका सहमहामन्त्री हरिहर शर्मा, कालिगण्डकी गाउँपालिका ४ गुल्मीका वडा अध्यक्ष बेद बहादुर थापा, काँग्रेसका पुर्व जिल्ला सस्य मेख बहादुर छन्त्याल, भुपुसैनिक संघका केन्द्रिय सदस्य हरिबहादुर भण्डारी लगायतले देशमा बामपन्थि एक भएपनि काँग्रेसले हरेक महत्वपुर्ण कार्य गरेकोले अगामी निर्वाचनमा पनि यसैलाई जिताउनुपर्ने बताए।
नेपाली कांग्रेस बरेङ गाउँपालिका संयोजक होम बहादुर श्रीषको अध्यक्षता, अमर थापाको स्वागत र काँग्रेसका जिल्ला सदस्य हरि आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको त्यहाँबाट बालकृष्ण शर्माले बताए। त्यसैगरी बिहीबार नै बरेङ गाउँपालिका वडा नं.१ धुल्लुबास्कोटमा पनि उम्मेदवारहरु घरदैलोमा व्यस्त देखिएका छन। विशेष गरी धुल्लुबास्कोट राजमोको पकट एरिया भएपनि अहिले काँग्रेसजनको पनि राम्रै उपस्थिति देखिएको छ। धुल्लुबास्कोटका जनतासँग घरगरमा गएर सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले आफना मतदाताहरु सँग आर्शिबाद माग्दै भोट मागिरहेकी छन।
उनले मेरो श्रीमानको जिल्लाको विकासका निम्ती देखेको सपना साकार पार्नका लागि तपाईको साथमा आएको हुँ यो सपना साकार पार्ने जिम्मा तपाईहरुको हो भन्दै मतदाता सँग भोट माग्नमा व्यस्त रहेकी छन। त्यसै गरी क्षेत्र नं. १ प्रदेश २ का उम्मेदवार प्रकाश शर्मा पौडेलले आफुले धुल्लु निवा माविमा व्यवसायिक तथा प्राविधिक शिक्षाको लागि पहिलो प्रयास गर्ने बताए।
उनले कुश्मिसेरा नान्दुक धुल्लुबास्कोट हुँदै बरेङ जाने बाटोको स्तरोन्नती तत्काल गरी बाह्रै महिना यातायात संचालनका लागि सहजता ल्याउने प्रतिवद्ध समेत व्यक्त गरे। पौडेलले स्थानिय जनतालाई आफ्नो मताधिकारको प्रयोग ढुक्क सँग गर्नका लागि आग्रह गर्दै पहिलै झै कोही कसैको डर र धम्कीमा आफ्नो अधिकारलाई नछुनटाउन आग्रह समेत गरे।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव नवराज पौडेल महासमिति सदस्य कल्पना हमाल पाठक, भिम श्रीष, जिल्ला सदस्य हरि आचार्य, नेपाल विद्यार्थी संघका सहमहामन्त्री हरिहर शर्मा क्षेत्रीय सभापति नारायण शर्मा पौडेल, चिरञ्जीवी गौतम, लगायतले बोलेका थिए। कार्यक्रम धुल्लुबास्कोटका वडा सभापति दलबहादुर थापाको अध्यक्षता, र पुर्ण बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो।