arrow

जनता कसैका पेवा होइनन् –कांग्रेस उम्मेदवार विसी 

logo
घनश्याम पौडेल 
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
bc_1.jpg

सन्धिखर्क । मनोनयन दर्तासँगै अर्घाखाँचीका राजनितिक दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । नेपाली कांग्रेसले प्रतिनिधी सभा तथा प्रदेश सभाका लागी मनोनयन दर्ता गरेका उम्मेदवारहरु सँगै प्रचारप्रचारमा लागेको छ । 

नेपाली कांग्रेसबाट प्रतिनिधी सभाका उम्मेदवार डा. रामबहादुर विसीले जती गठबन्धन भएपनि जनता कसैका पेवा हुन नसक्ने भएकाले आफ्नो जितलाई कसैले रोक्न नसक्ने बताए । 

पाणिनी गाउँपालिका ६ धातिवाङ्ग वडाले गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै नेता विसीले मानिसलाई कुनै रोग लागे पनि सवैभन्दा महत्वपुर्ण स्वास्थ्य रहेकाले जनताको स्वास्थ्यको उपचारमा अहिलेसम्म कुनै कसुर बाँकी नराखेको र अब पनि जनताको सेवाका लागि खटिरहने बताए । 
 
प्रदेश सभाका उम्मेदवार हिम्मतबहादुर टण्डनले अत्यन्त सक्रिय भएर जनताको घरघरमा गएर नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन अपिल गरे । 

उनले बामगठबन्धनबाट बनेका उम्मेदवार रामजी घिमिरे आफुले पढाएको विद्यार्थी भएकाले उहाँको पालो फेरी पनि आउने भएकाले अहिले एकपटक आफुलाई जिताउनका लागी सवै लाग्न आग्रह गरे ।

क्षेत्रीय सभापती अच्युत गौतमले पाणिनी गाउँपालिकालाई समृद्ध बनाउँन प्रतिनिधी र प्रदेश सभामा नेपाली कांग्रेसलाई विजयी बनाउँन सवै आजबाट लाग्न आग्रह गरे । 

महासमिती सदस्य यादवप्रसाद घिमिरे, पालीका सभापती यज्ञ पौडेल, वडा अध्यक्ष शुभबहादुर सारु लगायतले नेपाली कांग्रेसलाई जिताउँन सवै लागीपर्नु पर्ने बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ