arrow

पुर्वमा टुक्रिएपछि फेरि जोडिदै ओली र प्रचण्ड, १४ शहरमा संगसंगै सभा 

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
oli-prachanda.jpg.jpeg

काठमाडौँ । आसन्न मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।  

ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुवै नेताले कात्तिक २९ देखि मंसिर ९ गतेसम्म विभिन्न १४ शहरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने बताए ।  

पूर्वदेखि पश्चिममा महत्वपूर्ण शहरमा वाम गठबन्धनद्वारा आयोजना हुने चुनावी सभालाई उनीहरुले सम्बोधन गर्नेछन् ।  

उनका अनुसार कात्तिक २९ गते गोरखा, कात्तिक ३० गते बागलुङ र स्याङ्जा, मंसिर २ गते दमक, ३ गते काँकडभित्ता र विराटनगर, मंसिर ५ गते चितवन, मंसिर ६ गते बुटवल र दाङ, मंसिर ७ गते सुर्खेत र दैलेख, मंसिर ८ गते कैलाली र कञ्चनपुर तथा मंसिर ९ गते पोखरामा सम्बोधन गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ