arrow

गच्छदारले भने –लोकतन्त्रका लागि काँग्रेसले जित्नुको विकल्प छैन 

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
Bijay-Kumar-Gachhadar.jpg.jpeg

इनरुवा । नेपाली काँग्रेसका नेता तथा उपप्रधान मन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसले जित्नुको विकल्प नरहेको बताएका छन् ।  

बुधबार सुनसरीको दुहवीमा आयोजित चुनावी सभा कार्यक्रममा बोल्दै गच्छदारले सो कुरा बताएका हुन् । 

गच्छदारले लोकतन्त्रको रक्षा गर्नका लागि र नेपालका योद्धा तथा शहिदको सपना साकार पार्न पनि काँग्रेसको जित आवश्यक रहेको बताए । 

मन्त्री गच्छदारले लोकतन्त्र बलियो भयो भने मात्र देशमा आर्थिक सम्बृद्धि हुने भएकाले सबैले एक ढिक्का भएर लोकतन्त्रको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिए । 

मन्त्री गच्छदारले वाम गठबन्धनले देशमा अधिनायकवाद ल्याउन खोजेकाले त्यो आफूहरुलाई कहिले पनि स्वीकार नहुने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ