arrow

उदयपुरमा डेढ सय एमाले र माओवादीका कार्यकर्ता काँग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
23416012_829427550552006_1775014809_n.jpg

उदयपुर । आउँदो मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावले उदयपुरमा राजनितिक सरगर्मी बढेको छ । राजनीतिक दलका नेता कार्यकर्ता मात्रै होइन, सर्वसाधारण मतदाता समेत चुनावी माहौलमा रमाउन थालेका छन् । 

बजार, पसल, चोक तथा घर–घरमा राजनीतिक चर्चा भइरहेका छन् । कुन उम्मेदवार जिताउने भनेर कतै सल्लाह हुँदैछ भने कतै चर्काचर्कीको अवस्था समेत आउन थालेको छ । 

चुनावी सभा, कार्यकर्ता भेला र चुनाव परिचालन समितिका भेटघाटले उदयपुरका गाउँ÷गाउँमा रौनकता थपिएको छ ।  

यसैबिच,, कटारीमा बुधवार विभिन्न पार्टि परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेको लर्कोनै लागेको थियो । 

बुधवार नेपाली काँग्रेस नगरकार्य समितिको कार्यालय कटारीमा कार्य समितिद्धारा आयोजित एक औपचारिक कार्यक्रममा भन्डै १५० जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । 

उनीहरु धेरै जसो नेकपा एमाले र माओवादी केन्द्रबाट प्रवेश गरेको कार्य समितिका संयोजक गोपि पराजुलीले जानकारी दिए । पार्टी कार्यलयमा आयोजित औपचारिक कार्यक्रममा प्रदेश तथा प्रतिनिधि सभाको चुनावका लागि विभिन्न समितिको समेत निर्माण भएको नगर कार्य समितिले जनाएको छ । 

पार्टी प्रवेश गर्नेहरुलाई नगर कार्यसमितिका संयोजक गोपि पराजुलिको उपस्थितिमा उदयपुर निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा का उम्मेदवार नारायण बहादुर कार्की तथा  प्रदश ख का उम्मेदवार रामकुमार खत्रीले टिका लगाई पार्टी प्रवेश गराए ।

उता, मतदातालाई प्रभावमा पार्न र चुनावी नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलका नेता÷कार्यकर्ताको व्यस्तता बढेको छ । 

उम्मेदवार झण्डा र व्यानर टाँगिएका चारपाङ्ग्रे गाडी साधन तथा मोटरसाईकलमा त कतै हिडेर मतादाताको घर घरमा पुग्न थालेका छन् । 

प्रचार–प्रसारको तीव्र प्रतिस्पर्धाले आचार संहिता उल्लंघनका घटना समेत बढ्ने देखिएको छ । उदयपुरमा वाम गठबन्धनका उम्मेदवार र नेपाली काँग्रस बिच नै प्रतिस्पर्धा हुने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ