arrow

वाम नाटकः क्षमा मागेर एमालेका बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
Kanchanpur_District.png

कञ्चनपुर । वाम गठबन्धनबाट बागी उम्मेदवारी दिएका दुई उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवारलाई सघाउन उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । 

गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका कर्णबहादुर चन्द र हीरासिंह विष्टले गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बुधबार घोषणा गरेका हुन् । 

नेकपा (एमाले) का जिल्ला कमिटी सदस्य चन्दले क्षेत्र नं ३ को प्रदेश (ख) र विष्टले प्रतिनिधिसभा क्षेत्र नं ३ बाट बागी उम्मेदवारी दिएका थिए । 

गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता गराउन शुरुदेखिनै पहल गरेका थिए । 

उम्मेदवारी फिर्ताको घोषणा गर्दै चन्दले प्रदेशसभामा आफ्नो उम्मेदवारी कायम नरहेको र आफ्नो उम्मेदवारीले देखिएको द्विविधाप्रति क्षमायाचना समेत गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ