सुरेन्द्र पाण्डेका ३५ एमाले कार्यकर्ता नेपाली कांग्रेसमा
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
213
Shares
काठमाडौं । चितवनका एमाले नेता सुरेन्द्र पाण्डेका ३५ जना कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । बुधबार चितवन जिल्ला खैरहनी नगरपालिका वाड नम्बर ८ मगनीमा भएको एक कार्यक्रमकाबीच सो संख्यामा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उमेदवार राजेन्द्रप्रसाद वुर्लाकोटी एबं प्रदेश क का उम्मेदवार धनबहादुर गुरुङको उपस्थितिमा आयोजित सो कार्यक्रमका बीच एमालेका ३५ कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरु धनेश्वर चौधरी र मनोहर मैनालीको नेतृत्वमा नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।