अपांग संघका अध्यक्ष श्रेष्ठ काँग्रेस निर्वाचन परिचालन समितिमा
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
252
Shares
काठमाडौं । नेपाल अपांग संघका अध्यक्ष भोजराज श्रेष्ठ नेपाली काँग्रेसको निर्वाचन परिचालन समितिमा परेको छन् । मंगलबार काँग्रेसले सार्वजनिक गरेको ७५ सदस्यीय परिचालन समितिमा उनको नाम पनि समावेश गरिएको हो ।
अपांगता भएका व्यक्तिहरुको अधिकारको विषयमा लोकतान्त्रिक छाता भित्र रही लामो समयदेखि लड्दै आएका श्रेष्ठ यस पटक समानुपातिक तर्फको बन्द सूचीमा समावेश गर्ने भनिएपनि अन्तिम समयमा उनको नाम सूचीमा समावेश गरिएको थिएन । तर, उनलाई बालकृष्ण खाँड नेतृत्वको सो समितिमा समावेश गरिएको हो ।
उनको नाम सूचीमा समावेश गरेपनि उनलाई प्रचारप्रसारको लागि कुन् जिल्लामा खटाईन्छ भन्ने विषय भने सार्वजनिक गरिएको छैन ।