arrow

माधव नेपालको रौतहटमा एमाले छोडेर ५ सय कार्यकर्ता काँग्रेस प्रवेश

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
party_parbesh.jpg

रौतहट । चुनावको मिति नजिकिएसंगै आफुले रोजेको उम्मेदबार विजयी गराउन रौतहटमा दल बदल्नेको होड चलेको छ । एमाले नेता माधव नेपालको गृह जिल्ला रौतहटमा पार्टी भन्दा पनि आपत विपदमा साथ दिने उम्मेदवारनै मतदाताको रोजाईमा पर्ने देखिन्छ ।  

चुनावको दिन नजिकिएसंगै पार्टी नै परिवर्तन गर्नेको सङख्या बढ्ने गरेको छ । दोस्रो चरणको निर्वाचनमा आफ्नो मनले खाएका उम्मेदवार विजयी गराउन भन्दै रौतहटको ४ नम्वर क्षेत्रको गढिमाई नगरपालिका ४ पर्साका किसोरी पटेल, संजय बाबु पटेल, अरुण पटेल, सोविलाल राउतसहित पाँच सय जनाले एमाले पार्टी परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश गरेकालाई ४ नम्बर क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार देवप्रकाश तिमल्सिनाले टिका लगाई भित्रयाए । काँग्रेस रौतहटका सभापति कृष्ण यादवले पनि नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका थिए।

पार्टी  प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार तिमल्सिनाले आफनो विजय यो क्षेत्रका शोषित, पीडित, गरिब, निमुखाको विजय हो , भने।

चुनाव आउछ जान्छ धेरै उम्मेदवार प्रलोभन दिँदै आउछन् तर, आफु सधै जनताको साथमा र क्षेत्रको सम्बृद्ध विकासमा लागिरहेको उनले बताए ।

कार्यक्रममा किसोरी पटेलले आफुहरुले पार्टी हैन व्यक्ति रोजेको बताए । राज्यशक्तिमा धेरैलाई पुर्‍याएका छौँ तर उनीहरु काठमाण्डौं गएसँगै जनता बिर्सेको ईतिहास साक्षी रहेको छ त्यसैले अब सधै जनताको साथमा रहने नेपाली कांग्रेसका उम्मेदवार विजयी बनाउन प्रणका साथ पार्टी प्रवेश गरेका हौँ, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ