arrow

घोषणापत्रमा ठूलो कुरा छुट्यो, अब हाम्रो ध्यान जान्छ : युवराज ज्ञवाली (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
yubraj_g.JPG

वाम गठबन्धनले  मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा आगामी १० वर्षमा प्रतिव्यक्ति आय पाँच लाख रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको छ । स्वच्छ, प्रतिस्पर्धात्मक अर्थतन्त्र र सामाजिक न्यायसहितको सुसंस्कृत र समृद्धि समाजवादको लक्ष्य राखेका दुई ठूला बाम दलले देशको आर्थिक वृद्धिदर १० प्रतिशतभन्दा माथि पुर्‍याउने प्रतिबद्धतासमेत जनाएका छन् । तत्कालका लागि चुनावी तालमेल र निर्वाचन लगत्तै पार्टी एकता गरे समृद्धि राष्ट्र निर्माण बनाउने घोषणा गरेका एमाले र माओवादी केन्द्रले १० वर्षभित्र १० लाख व्यक्तिलाई रोजगारी दिने घोषणासमेत गरेका छन् ।

विगत पाँच दशकदेखि विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरी राष्ट्रको निर्णायक शक्तिको रुपमा रहेको एमाले र माओवादीका बीचमा २०७४ असोज १७ गते एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने ऐतिहासिक घोषणा भएको घोषणापत्रमा उल्लेख छ ।
वाम गठबन्धनले हिजो सार्वजनिक गरेको घोषणापत्रबारे हामीले एमाले उपाध्यक्ष युवराज ज्ञवालीसँग संक्षिप्त कुराकानी गरेका छौँ ।

० घोषणापत्र सार्वजनिक गर्नु भो ?
–सार्वजनिक भयो । मंगलबार भव्य कार्यक्रमबीच ।

० तपाईंहरुको घोषणापत्र महत्वकांक्षी छ भन्छन् नि ?
– गर्नेहरुका लागि यो घोषणापत्र महत्वकांक्षी छैन, नगर्नेहरुका लागि महत्वकांक्षी हुन सक्छ । नेपाली जनताको आवश्यकताअनुसार यो घोषणापत्र आएको छ । हामीले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रहितको रक्षा र समृद्धिलाई आधार बनाएर यो घोषणा तयार गरेका छौं । यी कुरामा आधारित भएर हामी अगाडि बढ्ने हो । बारम्बार सरकार परिवर्तनको अन्त्य र राजनीतिक स्थिरता कायम गर्न अथवा पाँच वर्षसम्म सरकार सञ्चालन गर्ने परिपाटी कसरी निर्माण गर्ने भन्ने विषय नेपाली राजनीतिमा उठेको छ । यसलाई यो घोषणापत्रले सम्बोधन गर्ने प्रयास गरेको छ ।
यो घोषणापत्रले नेपाली समाजमा रहेको गरिबी, बेरोजगारी, अभाव, पछौटेपन, भेदभाव र असमानतालाई अन्त्य गर्ने हाम्रो लक्ष्य हो । मुलुकलाई समृद्धिलाई अघि बढाउदै समाजवादको आधार तयार गर्ने भनेर संविधानमा उल्लेख छ । त्यहीअनुसार हामी अगाडि बढ्ने हो । मुलुकको लोकतन्त्र, समाजवाद र राष्ट्रियताप्रति हामी प्रतिबद्ध छौं ।

० घोषणापत्रमा उल्लेख भएका कुरा पूरा हुन्छ ?
– संसारमा कुनै कुरा असम्भव छैन । संसारमा चीनले गरेको प्रगति अकल्पनीय छ । यूरोप, दक्षिण कोरिया हेर्नुस् उनीहरुले कसरी कति छोटो समयमा प्रगति गरेका छन् ।

० श्रोत कहाँबाट जुटाउनुहुन्छ ?
– हाम्रो मुलुकलाई प्रकृतिले खबौं खर्बको सम्पत्ति सित्तैमा दिएको छ, यसलाई हामीले सदुपयोग गर्न सकिरहेका छैनौं । वन, जंगल जडिबुटी, जनशक्तिलगायत तमाम चिजहरुको सदुपयोग हामीले गर्न सक्नुपर्छ । अपार खानी छन्, तिनीहरुको सदुपयोग गर्न सकियो भने दस वर्षमा हामी यो मुलुकलाई धेरै माथि पु¥याउन सक्छौं, ठूलो परिवर्तन ल्याउन सक्ने सम्भावना छ । तिनै कुरालाई ध्यानमा राखेर यो घोषणापत्र तयार भएको हो ।

० भूमिको वैज्ञानिकरण भनेको के हो ?
– भूमिलाई वैज्ञानिकरण गर्दै लैजानुपर्छ, आधुनिकरण गर्दै लैजानुपर्छ । त्यसमा विभिन्न समस्या छन् त्यसलाई हटाउनुपर्छ । काम गर्नेहरु भूमिहीन छन्, उनी काम नपाएर दुःख पाइरहेका छन् । उनीहरुलाई सम्भव भएसम्म भूमि उपलब्ध गराउनुपर्छ ।

० समृद्धिका कुरा गर्नु भो, संघीय संरचना अनुसार केन्द्रको आर्थिक स्रोत, प्रदेशको आर्थिक स्रोत र स्थानीय तहको आर्थिक स्रोत कसरी जुट्छ ? यो त पूरानै संरचनाको घोषणापत्र जस्तो छैन र ?
–घोषणापत्रमा संक्षिप्त रुपमा सबै उल्लेख गरिएको छ । हरेक प्रदेशहरुको आफ्नै किसिमको विशेषता छ । र, हरेक प्रदेशका विभिन्न किसिमका प्राकृतिक स्रोत साधनहरु छन् । पर्यटनको पर्याप्त सम्भावनाहरु छ । पर्यटनबाट निकै ठूलो आयस्रोत प्राप्त गर्न सकिन्छ । जलस्रोतको सम्भावना छ । फलफूल खेतीको सम्भावना छ । जडिबुटीको सम्भावना छ । नगदेबालीको सम्भावना छ । विभन्न ठाउँमा रहेका बाँझो जमिनहरुलाई सदुपयोग गर्न सकियो भने निकै उपलब्धि हासिल गर्न सकिन्छ । हरेक प्रदेशका सम्भावनाहरुलाई राम्ररी सदुपयोग गर्न सकिए पर्याप्त आन्दानी हुनसक्छ । हामीले त्यहाँको स्रोत साधनको उपयोग गर्न नसकेको र जनशक्तिलाई उपयोग गर्न नसकेको हो । परिचालन गर्न नसकेको मात्रै हो । हरेक प्रदेशका आ–आफ्ना सम्भावनाहरु छन् । त्यसलाई ठिक ढंगले परिचालन गर्न सक्नु पर्दछ । सत्तामा बस्नेहरुले इमान्दिारिसाथ हाम गरिदिनु पर्दछ । लोभ लालच राख्नु भएन । उनीहरु देश र जनताप्रति समर्पित हुनु पर्दछ ।

० तपाईहरुले राष्ट्रवाद र संविधान संशोधन विर्सिनु भा हो ?
–राष्ट्रवादको कुरा हाम्रो घोषणापत्रमा प्रष्ट रुपमै उल्लेख गरिएको छ । स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै जानेक्रममा मुलुकको राष्ट्रियता बलियो हुँदै जान्छ । मुलुकको राष्ट्रियतालाई बलियो बनाउने सन्दर्भमा हामीले अर्को कुरा पनि गरेका छौँ । विभिन्न मुलुकहरुसित गरिएका अपमानजनक र असमान सन्धी सम्झौताहरु हामी खारेज गर्छौँ । ती सम्झौताको ठाउँमा पारस्परिक लाभ र सम्मान र समानताको आधारमा हरेक देशसँग हामी कुनै पनि सम्झौताहरु गर्छौँ । यसले मुलुको राष्ट्रियतालाई जोगाउने काम गर्छ । स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने र वैदेशीक हस्तक्षेप र थिचोमिचोको अन्त्य गर्ने । दलाल पुँजीवादको नियन्त्रमा रहेको जुन स्थिति छ । त्यसलाई क्रमशः घटाउँदै समाज स्वच्छ पार्दै लजौने काम गरिएपछि साँचो अर्थमा मुलुकको राष्ट्रियता सुदृढ हुन्छ । यिनै कुराको आधारमा हामी अघि बढ्ने हो । खाली कुरा गरेर मात्र राष्ट्रवादी भइँदैन ।

० समृद्धिका धेरै कुराहरु गर्नु भो, चीनसँग र भारतसँग घनिष्ठ सम्बन्ध राख्ने भनियो, तर, बेल्ट एण्ड रोड एनिसिटिएभ(बीआरआई) बारे केही लेख्नु भएन । अर्कोतिर, एक वर्षमा भित्रिने ७ खरब विप्रेषण ‘रेमिट्यान्स’ उपयोग गर्ने खाका पनि बनाउनु भएन, कसरी होला त समृद्धि, कसरी विश्वास गर्ने ?
–जतिपनि युवाहरु बाहिर गएका छन् । तपाईले भने जस्तै थुप्रै रकम आउने गरेको छ । र, त्यसबाट मुलुकको अर्थतन्त्रमा धेरै ठूलो टेवा पुगेको छ । पहिलो कुरा छ रेमिट्यान्सलाई उपयोग गर्नेमा हाम्रो ध्यान अवश्य जान्छ । यसैले अर्थतन्त्र धानेको छ । ठूलो कुरा छुट्यो । हामीले त्यो विषय याद गरेका थिएनौँ । अब त्यतिमात्रै होइन, विदेशिएका युवाहरुलाई सकेसम्म स्देशमै फिर्ता गर्ने । रोजगारीको अवसर सिर्जना गर्ने र क्रमशः विदेश पलायनको स्थिति जुन छ, त्यसको अन्त्य गर्दै जाने हो । मुलुकमै उत्पादन बढाउने हो । यो कुरालाई हामीले ध्यान दिनु पर्छ । रेमिट्यान्सलाई सदुपयोग गर्ने कुरामा चैँ हाम्रो ध्यान अवश्य पनि जान्छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ