arrow

मिनेन्द्र रिजालको चुनावी प्रचार टोल गाउँ र चौतारीहरुमा लक्षित

logo
प्रकाशित २०७४ कार्तिक २२ बुधबार
office-udghatan-800x445.jpg

रंगेली । नेपाली काँग्रेस मोरङ्ग क्षेत्र नं २ ले दोस्रो चरणमा हुनलागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका उम्मेदवारहरुले आप्नो चुनावी प्रचारमा फरक शैली अपनाएका छन् । चुनावी सभा र कोणसभामा मात्रै चुनावी प्रचारप्रसार हुनेगरेकोमा उनीहरुले भने यसपाली टोल गाउँ र सार्वजनिक चौतारीहरुमासँगै बसेर भलाकुसारी गर्दै भोट माग्न थालेका छन् ।  स्थानीयस्तरका आम सर्वसाधारणहरुलाई लक्षित गरी काँग्रेस मोरङ्ग क्षेत्र नं।२ ले टोल–गाऊँ तथा सार्वजनिक चौताराहरुमा चुनावी कोणसभा सँगै वार्ड(वार्डमा सम्पर्क कार्यालय स्थापना गरी प्रचार प्रसारलाई तीब्रता दिएको हो ।

यस अघि स्वर्गीय गिरिजा प्रसाद कोइरालाले पटकपटक चुनाव जितेको यो क्षेत्रमा अहिले काँग्रेसबाट प्रतिनिधि सभा तर्फ डा। मिलेन्द्र रिजाल उम्मेदवार रहेका छन् । प्रदेश सभा क बाट शिवनारायण सिंह ख बाट सुमन कुवरको उम्मेदवारी दिएका छन् ।

उनीहरुले चुनाबी प्रचारको क्रममा म‌ंगलबार सुनवर्षि नगरपालिका वार्ड नं।१, २ र ३ का हेलाई, सुगाबजार, बाहुनडोगी, अमरदह, धोकरीया, केचना, चप्रामारी लगायतको स्थानहरुमा कोण सभा आयोजना गरिएको थियो । सो अवसरमा डा। मिलेन्द्र रिजालले नेपाली काग्रेस सबै भाषा, धर्म र जात अटाउने पार्टी भएकाले अब नेपाली काँग्रेसकै नेतृत्वमा मुलुक समृद्धीको बाटोमा अघि बढ्ने बताए ।

कोण सभालाई प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार, गोपाल, अबदुल रहीम, प्रदेश सभाका समानुपातिक उम्मेदवार महेश्वर प्रसाद राजवंशी, जिल्ला सचिव मोदराज घिमिरे, पुर्व जिल्ला सचिव यदु विष्ट, सुनवर्षि नगरपालीकाका मेयर कालीदास, वडा अध्यक्ष प्रताप तामाङ्ग लगायतले बोलेका थिए। सो क्रममा डा। रिजालले सुनवर्षि नगरपालीका वार्ड नं।२ को सम्पर्क प्रचार प्रसार कार्यालय समेत उद्घाटन गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ