arrow

उम्मेदवारहरु भन्छन् –यसकारण जिताउनु छ काँग्रेसलाई 

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
congress.jpg

हेटौँडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले देश र आफ्नो क्षेत्रको विकासका लागि नेपाली कांग्रेसलाई जिताउनु जरुरी रहेको बताएकी छिन् । 

 हेटौँडामा भएको क्षेत्र नम्बर २ को २ नम्बर प्रदेशसभाका अगुवा कार्यकर्ता भेलामा उनले पटक पटक कम्युनिष्टहरुले जितेपनि व्यक्तिगत स्वार्थमात्रै पुरा गरेको भन्दै देश र गाउँको विकास कांग्रेसबाट मात्रै सम्भव रहेको बताइन् । 
 
नेपाली कांग्रेसले पश्चिमी मकवानपुरमा थालेको विकासको अभियानलाई मतदाताको साथ रहनेमा विश्वस्त रहेको उनको भनाई छ । 

तीन पटक सांसद भईसकेर पनि गाउँ नपुगेकाहरु बाम गठबन्धन नाममा निर्वाचन आएपछि गाउँ प्रवेश गरिरहेको भन्दै मतदाताहरुले उनीहरुलाई तिरस्कृत गर्ने दावी उनको छ । 
 
कार्यक्रममा बोल्दै प्रदेश सभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले जनताको पैसा, रगत र पसिना मागेर सत्तामा गएका कम्युनिष्टहरुले सधै धोका दिएको भन्दै जनतालाई दुःखबाट सुखमा पुर्याउन कांग्रेस लागेको बताए । 

उनले जनतालाई भाषणबाट भ्रमित पार्ने कम्युनिष्टहरुबाट सतर्क रहन मतदातालाई आग्रह गर्दै मकवानपुर २ नम्बर क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले नेतृत्व लिने बताए ।
 
पश्चिमी मकवानपुरलाई विकासबाट पछि पार्न यसअघि जितेकाहरुको हात रहेको भन्दै जनताले उनीहरुलाई निर्वाचनमा प्रश्न गर्नुपर्ने बानियाँको भनाई थियो । 

कार्यक्रममा लोकतान्त्रिक गठबन्धन २ नम्बर क्षेत्र निर्वाचन परिचालन समिति संयोजक रघुरमण न्यौपाने, सहसंयोजक पशुपति रिजाल, महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, नेपाली कांग्रेस जिल्ला सचिव बुद्ध लामा, राप्रपा नेता सिताराम वर्तौला, सन्तोष थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । 

भेला नेपाली कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मोक्तानको सभापतित्वमा भएको थियो । 

निर्वाचन प्रचार समिति गठन भेलाले नेपाली कांग्रेसका क्षेत्रीय सभापति लोक मोक्तान संयोजक र राप्रपाका जिल्ला सदस्य देव लामा सहसंयोजक रहेको क्षेत्रीय प्रचार समिति गठनराक्सिराङमा नेपाली कांग्रेसका ईश्वर रुम्बा संयोजक र राप्रपाका देव लामा सहसंयोजक, मनहरीमा नेपाली कांग्रेसका भरत पराजुली संयोजक र राप्रपाका योगमाया न्यौपाने सहसंयोजक, कैलाश गाउँपालिकामा नेपाली कांग्रेसका बेलबहादुर मोक्तान र राप्रपाका रामु रिजाल सहसंयोजक र हेटौँडा ३ र १९ मा नेपाली कांग्रेसका विष्णुलाल स्यांतान संयोजक रहेको निर्वाचन प्रसार समिति गठन गरेको नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ