एनपी साँवदको निचोड – बाम गठबन्धन लोकतन्त्रमाथि आक्रमण गर्ने उदेश्यले
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
218
Shares
कञ्चनपुर । निर्वाचनको पुर्व सन्ध्यामा नेपालमा देखिएको बाम गठबन्धन लोकतान्त्रिक मूल्य मान्यतामाथि आक्रमण गर्ने उदेश्यले भएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साँवदले बताएका छन् ।
काँग्रेस कञ्चनपुरद्वारा सोमबार पुनर्वासमा आयोजित कार्यक्रममा बोल्दै नेता साँवदले भने, ‘बाम गठबन्धन लोकतान्त्रिक ब्यबस्थाका विरुद्ध भएको छ । लोकतान्त्रिक मूल्य मान्यता र संस्कार माथी आक्रमण गर्ने उदेश्यले माओवादी र एमाले गठबन्धन भएको हो ।’
नेता साँवदले भने ‘लोकतन्त्रप्रति बिश्वास राख्ने जो सुकैले एकजुट हुनु आजको आबश्यकता हो । तसर्थ लोकतान्त्रिक ब्यबस्थाको रक्षाका निमित्त लोकतन्तमा बिश्वास राख्नेहरु एकजुट हुन जरुरी छ ।’
नेता साँवदले भने, ‘लोकतन्त्रमाथि आउने संकटको निवारण गर्ने काँग्रेस हो तसर्थ सबै एकजुट भएर लाग्नु पर्दछ ।’
स्थानीय निकायको निर्वाचन ताका पार्टी कार्यकर्ताबीच देखिएको मतान्तरको ब्यबस्थापनमा जोड दिदै नेता साँवदले भने काँग्रेस कार्यकर्ताबाट पहिले भएका कमी कमजोरीहरुको पुनरावृत्ति हुनु हुँदैन सबै कार्यकर्ता एकढिक्का हुन जरुरी छ ।