अछाम । नेपाली कांग्रेस अछामका सभापति तथा प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार भरतकुमार स्वाँरले अछामको सम्रग विकासको एजेण्डा काँग्रेसले मात्र बनाएको दावी गरेका छन् । पूर्व जिविस सभापति समेत रहेका स्वाँरले कांग्रेले नै अछाममा विकास योजनाहरुको थालनी गरेको भन्दै कांग्रेसको बहुमत आएमा नेपाल नै समृद्ध बन्नेमा ढुक्क हुन आग्रह गरे ।
प्रतिनिधी सभा क्षेत्र नं. १ को पहिलो चुनावी आमसभालाई सोमबार लुंग्रामा सम्वोधन गर्दै उम्मेदवार स्वाँरले अछाम तथा सुदूरपश्चिम क्षेत्रको आर्थिक, भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रका विकासका लागि कांग्रेसको जित आवश्यक रहेको बताए। नेपाली कांग्रेसले नै संविधान निर्माण गरको भन्दै स्वाँरले संविधानको कार्यान्यव पनि कांग्रेसकै नेतृत्वमा हुनेमा विस्वस्त हुन उनले जनतालाई आग्रह गरे।
अछाम जिल्लाका लागी राष्ट्रिय स्तरका आयोजनाहरु सेती लोकर्माग, बुढीगंगा जलविद्युत आयोजना, खप्तड पर्यटन क्षेत्र विकास, संचार क्षेत्रको विकास, बिद्युत, खानेपानी, मध्यपहाडी, सेती लोकमार्ग, साफेबगर मेगासिटी लगायतका याजना कांग्रेसकै पालामा सुरुवात भएको भन्दै उम्मेदवार स्वाँरले यि सबै कामलाई पूर्णता दिन लोकतन्त्रको जित आवश्यक रहेको बताए।
यस्तै चुनावी आमसभालाई सम्वोधन गर्दै प्रदेश नं. १ का उम्मेदावार मेघराज खड्काले अछाम जनताको आर्थिक स्तर उकास्न र जिल्लामै स्वरोजगारको वातावरण बनाउन आफुले योजना बनाएको भन्दै कांग्रेसले जितेको खण्डमा आफ्नो योजना कार्यान्वयन गर्ने बताए।
आफु सधैँ अछामी जनताको पक्षमा काम गर्दै आईरहेको भन्दै पूर्व पार्टी सभापति समेत रहेका खड्काले आर्थिक विकास गरी देशलाई समृद्ध बनाउने खाका कांग्रेसले बनाएको दाबी गरे। कांग्रेसको जित नै लोकतन्त्रको जित हुने भन्दै उम्मेदवार खड्काले आफुलाई जिताउन आग्रह गरे ।