रसुवामा पूर्व वडाध्यक्ष सहित दर्जनौं एमाले कार्यकर्ता काँग्रेसमा प्रवेश
प्रकाशित २०७४ कार्तिक २० सोमबार
563
Shares
काठमाडौं । काँग्रेसले रसुवाको उत्तरगया गाउँपालिका वडा नं २ मा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन गरेको छ । उक्त कार्यक्रममा नेकपा एमाले परित्याग गरी पूर्व वडाअध्यक्ष हर्क बहादुर गुरुङ, सुब्बा गुरुङ, अमर गुरुङ, होम बहादुर गुरुङ लगायत ४ दर्जन बढी कार्यकर्ता काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई स्वागत गर्दै उत्तरगया गाउँपालिका प्रमुख उपेन्द्र लम्सालले नेपाली काङ्ग्रेसको जीत सुनिश्चित रहेको र सम्पूर्ण लोकतन्त्रवादी एकै ठाउँमा आउनु पर्ने बताए ।