arrow

एमाले उम्मेदवारद्वारा सार्वजनिक जग्गा अतिक्रमण 

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ कार्तिक २० सोमबार
ghar_nirman.JPG

पाल्पा ।  रामपुर नगरपालिकाले सार्वजनिक जमिनको संरक्षणका लागि गरेको प्रयास असफल भएको छ । सार्वजनिक क्षेत्रमा घर टहरा निमार्ण गर्ने, अतिक्रमण गर्ने कार्यलाई निरुत्साहित तुल्याउन नगरपालिकाको वोर्डले गरेको निर्णय कार्यान्वयन नभए पछि असफल भएको हो । 

रामपुर नगरको ६ गैटारमा सुकुम्वासीको आवरणमा तनहुँ जिल्लाको घिरिङ्ग गाउँपालिका —६ की देउमाया सुनारले निमार्ण गरेको घर नगरपालिकाले भत्काई दिएको २४ घण्टामै पुन घर  निर्माण भए पछि नगरपालिकाको निर्णय कार्यान्वयनमा नै समस्या देखा परेको हो । 

नगरका वडा अध्यक्ष हुमनाथ न्यौपाने  भन्दछन् , तनहुँकी देउमाया वास्ताविक सुकुम्वासी नभएको र उनको तनहुँमा घर जग्गा भएको नगरपालिकाले गरेको अनुसन्धानबाट पुष्टि भएको छ। जो जताको भए पनि निर्वाचित जनप्रतिनिधिले सार्वजनिक जमिनको संरक्षण गर्ने हो तर भत्काएको घर निमार्णका लागि राजनैतिक मुख्य दलले प्रोत्साहन गर्नु अत्यन्त दुखद भएको उनले बताए । आरोपित देउमाया सुनार भन्दछिन् 'आफु वास्ताविक सुकुम्वासी भएको र आफुलाई नगरपालिकाले अन्याय नै ग¥यो ।'

नगरका प्रमुख रमण थापा भन्दछन् “नगरपालिकाले सार्वजनिक जमिनको संरक्षण गर्ने हो । नगरपालिकाले पटक पटक सुचना जारी गर्दासम्म अटेरी गरेका कारण सार्वजनिक जमिनमा बनेको घर भत्काउन परेको हो । एक पटक भत्काई सके पछि राजनैतिक दलको जिम्मेवार व्यक्तिहरुको संरक्षणमा पुनर्निर्माण गर्नु अत्यन्त दुखद कुरा रहेको उनले बताए । 

घर  निर्माणका लागि नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व भूमिसुधार मन्त्री, वर्तमान क्षेत्र नम्वर १ का प्रतिनिधि सभाका उम्मेदवार दल बहादुर रानाको नेतृत्वमा प्रदेश सभाका उम्मेदवार युवराज खनाल लगायतका व्यक्तिहरुको रोवरमा घर निर्माण गरिएको स्थानीय वासिन्दाको भनाई रहेको छ । 

सस्तो लोक प्रियताका लागि एमालेको यो क्रियाकलाप प्रति रामपुरका जनताले असन्तोष व्यक्त गरेका छन् । पूर्व भुमिसुधार मन्त्री समेत रहेका रानाले सार्वजनिक जमिन संरक्षणका लागि नगरपालिका लाई प्रोत्साहन गर्नुको सट्टामा अतिक्रमण गर्न लगाउनु सिङ्गो पार्टीको छवी माथि प्रश्न चिन्ह उठेको एमालेका कार्यकर्ताहरु बताउँछन्  ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ