वीपीले अहिले काँग्रेसले जस्तो सम्झौता गरेको भए आजन्म प्रधानमन्त्री बन्न सक्थे : पराजुली
प्रकाशित २०७४ कार्तिक २० सोमबार
371
Shares
काठमाडौं । नेपाली कांगे्रस बीपीका महामन्त्री पुष्पराज पराजुलीले नेपाली कांग्रेसभित्र वैचारिक विचलन आएकाले छुट्टै पार्टी गठन गर्नुपरेको जिकिर गरेका छन् ।
हामीसँग कुरागर्दै उनले भने, ‘कांगे्रसले पार्टी सत्ता र शक्तिबाहेक देखेन । उसलाई बीपी कोइरालाले के नीति र सिद्धान्त अवलम्बनबारे पनि हेक्का छैन । कांग्रेस सत्ताका लागि जे पनि गर्न हुन्छ भन्ने सोचबाट पे्ररित छ ।’
पराजुलीले ‘कहिले कम्युनिष्टसँग गठबन्धन गर्छ भने कहिले पूर्वपञ्चहरुसँग चुनाव तालमेल गर्छ । यो केवल सत्ताका लागि मात्र हो’–भने । कांगे्रसले प्रजातान्त्रिक मूल्य मान्यता र सिद्धान्त बिर्सेको उनको आरोप छ ।
सत्ताका लागि वीपीले सम्झौता गरेको भए उनी आजन्म प्रधानमन्त्री बन्न सक्थे, उनले भने, , उनले भने, ‘तर वीपीले प्रजातन्त्रका लागि कुनै सम्झौता गरेनन् ।’
अहिले कांग्रेसीको दिमागमा सत्ता र शक्तिबाहेक केही कुराले बास नगरेको आरोप पराजुलीले लगाए । पराजुलीले अगाडि भने, ‘हामी राष्ट्रवादी शक्ति हौं, यो मुलुकको धर्म, संस्कृति र परम्परा जर्गेना गर्न जरुरी छ भनेरै हामीले नेपाली कांग्रेस वीपी पार्टी निर्माण गरेका हौं ।’ आफुहरुले नीति र सिद्धान्त बोकेकाले चुनाव जित्ने दावी उनले गरेका छन् ।