arrow

दमननाथ ढुंगानाले भने- 'म टुरिष्ट उम्मेदवार होइन'

logo
प्रकाशित २०७४ कार्तिक २० सोमबार
damannath.jpg

भक्तपुर। भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दमननाथ ढुंगानाले आफू टुरिष्ट तथा पाहुना उम्मेदवार नभएको प्रष्ट पारेका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व सभामुख समेत रहेका ढुंगानाले भक्तपुरमा आफनो राजनीतिक लगानी भएको भन्दै यस्तो स्पष्ट पारेका हुन् ।
 
उनले भने –‘आफूले कुचो लिएर राजनीति कुचिकार बनेर भक्तपुरमा उम्मेदवारी दिएकाले यहाँबाट निर्वाचन जितेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।’ बिशिष्ट परिस्थितिलाई ध्यानमा राखेर पार्टीले आफूलाई उम्मेदवारी दिएको उनले बताए ।  प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले काठमाडौ २ बाट उम्मेदवार बन्न आग्रह गरेता पनि आफूले नै भक्तपुर २ रोजेर आएको उनले बताए ।  करिब २३ बर्षपछि राजनीतिमा आउनुको कारण देशमा अहिले देखिएको राजनीतिक फोहोर सफा गर्नु नै रहेको उनले बताउए ।
 
नेमकिपाको समर्थनमा उम्मेद्वारी दिएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा ढुंगानाले भने ‘आफ्नै उम्मेदवार उठाएको नेमकिपाले काँग्रेसलाई किन मतदान गर्छ ।’ नारायणमान जी उहाँ मेरो साथी मात्र हो, ढुंगानाले भने ‘राजनीतिक हिसाबमा हामी फरक छौ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ