एमाले गाउँकमिटि उपाध्यक्षसहित एकदर्जन नेता कांग्रेसमा
सुनील शिवाकोटी
प्रकाशित २०७४ कार्तिक २० सोमबार
505
Shares
हेटौँडा । नेकपा एमालेका गाउँ कमिटि उपाध्यक्षसहित एक दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
हेटौँडामा आइतबार भएको कार्यक्रममा नेकपा एमाले साविक डाँडाखर्क गाउँ कमिटि उपाध्यक्ष मंगले मोक्तानसहितका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।
कार्यक्रममा कैलाश गाउँपालिका वडा नम्बर २ बाट स्थानीय तहमा एमालेकोतर्फबाट महिला सदस्य उम्मेदवार सरिता थापा मगर, निमलाल मोक्तान, आइतसिंह मोक्तान लगायनका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।
कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गर्दै प्रतिनिधिसभा २ को २ नम्बर प्रदेशसभा उम्मेदवार ईन्द्रबहादुर बानियाँले देशको विकास र गाउँको विकासका लागि कांग्रेसको विकल्प नभएको बताए ।
कार्यक्रममा कांग्रेस जिल्ला सचिव बुद्ध लामा, क्षेत्रीय सभापति लोक मोक्तान लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।