arrow

काठमाडौं ९ मा एमालेको ५१ सदस्यीय निर्वाचन क्षेत्रीय कमिटी

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
cpnuml.jpeg

काठमाडौँ । एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ९ को क्षेत्रीय भेलाले क्षेत्रीय समन्वय कमिटीका संयोजक भगवानराज घलेको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन क्षेत्रीय कमिटी गठन गरेको छ ।

आज भएको भेलाले आगामी मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बनेका नेता कृष्णगोपाल श्रेष्ठ तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनेका क्रमशः (क) बाट डा अजयक्रान्ति शाक्य र (ख) बाट केशव पोखरेललाई त्यस क्षेत्रबाट विजयी गराउन सबै जनवर्गीय संगठन परिचालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, कुलभक्त शाक्यको संयोजकत्वमा आर्थिक परिचालन कमिटीसमेत भेलाले गठन गरेको छ । भेलामा नेता श्रेष्ठले मुलुकमा सरकारको स्थायित्व कायम गरी समृद्धि प्राप्त गर्न निर्वाचनमा एमालेलाई जिताउन मतदातालाई विश्वस्त बनाउन निर्वाचन कमिटीलाई आग्रह गरे ।

प्रदेशका उम्मेदवार क्रमशः शाक्य र पोखरेलले मुलुकको राष्ट्रिय अखण्डता र जनताको स्वाभिमानलाई उँचो राख्न वाम गठबन्धनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै एमालेको नेतृत्वमा वाम गठबन्धनको सरकार निर्माण गर्न जनताले आफ्नो पार्टीलाई मतदान गर्नुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ